site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

इसाईहरूको पर्व क्रिसमसकै दिन अमेरिकी सीमा सुरक्षाकर्मीको हिरासतमा एक जना आठ वर्षीय बालकको मृत्यु भएको छ । यसभन्दा केही दिन पहिले पनि एक सात वर्षीया बालिकाको त्यस्तै परिस्थितिमा ज्यान गएको थियो । यी दुवै बालबालिका दक्षिण अमेरिकाको संकटग्रस्त मुलुक ग्वाटेमालाबाट शरण खोज्दै अमेरिका आइपुगेका थिए । संसारभरका शरणार्थीलाई स्वागत गर्ने परम्परा भएको अमेरिकामा शरणार्थीलाई निषेध गर्ने नीति अपनाइएपछि सीमामा निकै कडाइ गर्न थालिएको छ । यी दुवै बालबालिकालाई अमेरिकी सीमा प्रहरीले उनीहरूका बाबुसँगै हिरासतमा लिएको थियो । बालबालिकालाई हिरासतमा राख्नका लागि आवश्यक सुविधाको अभावमा उनीहरूको मृत्यु भएको मानिएको छ । बालबालिकालाई पनि वयस्कहरूलाई हिरासतमा राख्न बनाइएको शिविरहरूमै राखिएको थियो । 

अमेरिका स्वतन्त्र विश्वको अगुवा र आदर्श थियो । स्वतन्त्रता, न्याय, अवसर र समानताको खोजी गर्नेहरूको पहिलो गन्तव्य हुनेगर्थ्यो । संसारभरबाट अवसरको खोजीमा मात्र हैन जीवन रक्षाका लागि आउनेहरूलाई अमेरिकाले सधैँ स्वागतै गर्थ्यो । यसैले केही वर्ष पहिलेसम्म पनि संयुक्त राज्य अमेरिका सबैको सपनाको संसार मानिन्थ्यो । दुर्भाग्य, सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएलगत्तै अमेरिकी आदर्श र मूल्य मान्यतामा ह्रास आउन थाल्यो । शरणार्थीहरूको देश मानिने अमेरिकालाई ट्रम्पले बन्द मुलुक बनाउन खोजे । अदालतहरूको पटकपटकको आदेशविपरीत शरणार्थीहरूलाई प्रवेश निषेधको आदेश पालना गराउन अमानवीय अभ्यास गर्न पनि अमेरिकी प्रशासन हिचकिचाएन । अमानवीय र अन्तर्राष्ट्रिय मान्यता तथा अमेरिकी मूल्यविपरीत हिरासतमा लिइएका बालबालिकालाई आमाबाबुबाट अलग्याउने अभ्याससमेत ट्रम्प प्रशासनले गरेको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले विवेकहीन व्यक्ति शक्तिमा पुग्दा कति ठूलो क्षति हुन्छ भन्ने उदाहरण हुनपुगेका छन् । आफ्नो सीमाभित्र अर्को देशका नागरिकलाई प्रवेश गर्न दिने वा नदिने अधिकार सम्बन्धित मुलुकलाई होला । तर, प्रवेश गर्न नदिने मुलुकले शरणार्थीलाई अमानवीय व्यवहार भने गर्न हुँदैन । विगतमा अरू देशमा शरणार्थीहरूप्रति अमानवीय व्यवहार भएकोमा अमेरिकाले नै आवाज उठाउँदै आएको थियो । तेस्रो मुलुकमा अलपत्र परेका शरणार्थीलाई उदारतापूर्वक शरण दिने राष्ट्रमा पनि अमेरिका नै अग्रणी रहेको हो । यसैले पनि अमेरिकाले बालबालिकाप्रति समेत अमानवीय व्यवहार गर्दा अमेरिकाभित्र र बाहिर बढी क्षोभ प्रकट भएको हुनुपर्छ । एक्काइसौं शताब्दीमा समेत अमेरिकी सरकारबाट यस्तो क्रूर अमानवीय व्यवहारको अपेक्षा सायद कसैले पनि गरेको थिएन । ट्रम्प प्रशासनले कम्तीमा पनि बालबालिकाप्रति क्रूरतापूर्ण व्यवहार नगरोस् । अमानवीय व्यवहार गरेकोमा स्वतन्तत्रताकी देवीको भूमि अमेरिकाको फेरि निन्दा गर्नु नपरोस् !    

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०७५  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC