site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दोस्रो दिन पनि घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेप्से परिसूचक बुधबार पनि घटेको छ । एकसाता बढेर मंगलबार घटेको सेयर बजारले आजपनि अघिल्लै दिनको लय समातेको हो ।
बुधबार सेयर बजार परिसूचक ५ दशमलव ४६ अंकले घटेर ११ सय ६२ दशमलव ७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको एक घन्टा घटेर दोस्रो घन्टामै ११ सय ७१ अंकमा पुगेको सेयर बजार त्यसयता भने निरन्तर ओरालो लागेको हो ।
नेप्से घट्दा बुधबार सेन्सिटिभ इन्डेक्स १ दशमलव २६ अंकले घटेर २ सय ४७ दशमलव ३३ अंकमा कायम भएको छ भने कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन आधा अर्बभन्दा बढीको कारोबार भएको सेयर बजारमा यसदिन ३८ करोड ७२ लाख रुपैयाँको मात्र कारोबार भएके छ । यसक्रममा १ सय ५८ कम्पनीका १३ लाख २ हजार कित्ता सेयर किनबेच भए । तीमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेयर बजारको यो गतिविधिले बजारमा अल्पकालमा प्रफिट बुक गर्ने लगानीकर्ता हावी भएको देखिएको जानकारहरुले बताएका छन् । यसो त, बजार परिसूचकमा वृद्धि ल्याउने केही कारण हाल सकारात्मक छन् । दीर्घकालीन सुधारका लागि भने नीतिगत व्यवस्था, बैंक ब्याजदर लगायत विषयका लागि लगानीकर्ता अनसनमा रहेको अवस्थामा अर्थ मन्त्रालयद्वारा गठित समितिले पनि अर्थतन्त्र सुधारको प्रतिवेदन तयार पारेको छ ।
यी विषयले बजारमा प्रभाव पर्ने जानकार बताउँछन् । केही दिनयता निरन्तर बढेर मंगलबार उच्च कारोबारसहित परिसूचक घटेकोमा बुधबार भने कारोबार घटि परिसूचक घट्नुले अल्पकालीन लगानीकर्ता हावी हुन थालेको लगानीकर्ताको दावी छ ।
नेप्से घट्दा समूहगत परिसूचक मिश्रित देखिएका छन् । यसदिन कारोबारमा आएका १० समूहमध्ये चार समूह बढेका छन् । घट्नेमा सबैभन्दा बढी बीमा समूहको उपसूचक ३६ दशमलव ५६ अंकले घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC