site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘माइकल ज्याक्सन, आशा भोस्लेले रोयल्टी पाउँदा कुमार बस्नेतले किन नपाउने ?’
Sarbottam CementSarbottam Cement

काठमाडौं । वरिष्ठ लोक गायक कुमार बस्नेतले राज्यले आफूहरुलाई उपेक्षा गरेको बताएका छन् । लोक भाका र संस्कृति संरक्षणका लागि काम गरेका श्रष्टाहरु नै राज्यबाट उपेक्षित भएको उनको गुनासो छ । 

“लामो समय लोकगीत संकलन गरेर आफ्नो ऊर्जाशील समय बिताएका श्रष्टाहरु नै उपेक्षित हुनुपरेको छ,” बस्नेत बाह्रखरीसँग भन्छन्, “सरकारले एउटा गीत रेकर्ड गरेको ७ डलर तोकेको छ । सात डलर नेपाली रुपैयाँ कति हुन्छ ? यसैले नेपाली सर्जकलाई राज्यले गरेको व्यवहार स्पष्ट पार्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

“एउटा सिकर्मी अथवा डकर्मीले ८ घण्टा काम गरेको ज्याला एक हजार देखि १५ सय दुई हजारसम्म पाउँछ,” बस्नेत अगाडि भन्छन्, “तर हामीलाई सम्मानित गायकको एउटा गीत रेकर्ड गरेको ७ सय रुपैयाँ तोकेको छ । डकर्मी ८ घण्टा खटिए पुग्छ तर एउटा लोक गीत गाउँ गएर सिर्जना गर्न महिनौं लाग्छ ।”

पछिल्ला वर्ष बिना अनुमति रिमिक्स गर्ने प्रचलनले आफूहरु मारमा परेको उनको गुनासो छ । वास्तविक श्रष्टासँग अनुमति नलिई अरुको गीत चोरेर गाउनेहरु विरुद्ध कपीराइटको मुद्दा लगाउनुपर्ने उनको माग छ । “युट्युबमा हेर्ने हो भने मेरा गीत जताततै रिमिक्स गरेको पाइन्छ । यसरी रिमिक्स गर्दा हामीसँग अनुमति लिइँदैन,” उनी भन्छन्, “हाम्रा गीत गाएर अरु नै हिट हुने अब आउँदो पुस्ताले आमाले सोध्लिन्, खोई छोरो भन्लिन् भन्ने गीत झलकमानको हो र भनेर भन्ने अवस्था हराइसक्यो ।”

Global Ime bank

सरकारले कपीराइटको कानुनलाई कडाइका साथ लागु गर्नुपर्ने उनको माग छ । कानुन बनाएपछि त्यसलाई लागु गर्नुपर्ने उनको भनाइ छ । “माइकल ज्याक्सनले रोयल्टी पाउने, आशा भोश्लेले रोयल्टी पाउने तर त्यस्तै गीत गाउने कुमार बस्नेतले रोयल्टी नपाउने भन्ने हुन्छ ?” आजसम्म रोयल्टीका नाममा एक रुपैयाँ पनि नपाएको भन्दै उनी भन्छन्, “कला संस्कृति र साहित्यको जुन देशमा सम्मान हुँदैन, त्यो देश विकसित र समृद्ध हुँदैन । आजसम्म मैले कुनै पनि राजनीतिज्ञले नेपाली कला, साहित्य, संस्कृति र संस्कारबारे कुरा गरेको र चिन्ता व्यक्त गरेको सुनेको थिइन तर केही समय अगाडि उपराष्ट्रपति नन्दबहादुर पुनले देशको कला, संस्कृति र साहित्य नै नरहे राष्ट्रको पहिचान नै नरहने बताउनुभयो । यस्तै चिन्ता अन्य राजनीतिज्ञले पनि गर्नुपर्छ ।”

गायक कुमार बस्नेतलाई सञ्चारमाध्यम तथा जनताले लोक सम्राट भनेपनि उनलाई राज्यले भने कुनै पनि उपाधि तथा विशेषण प्रदान गरेको छैन । उनी यसका लागि आफू लालायित नभएको भन्दै भन्छन्, “सरकारले गर्ने काम हामीले व्यक्तिगत रुपमा देशका लोक भाका तथा साहित्य संरक्षण गर्ने काम गरेका छौं, त्यसैले जनताले हामीलाई माया गरिदिनु भएको छ,” उनी भन्छन्, “सरकारले व्यक्ति विशेषलाई केही गरिदियोस् भन्ने मलाई लोभ पनि छैन ।”

कुमार बस्नेतले करिब ३ सयभन्दा धेरै लोक गीत रेकर्ड गराइसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement