site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौंका सम्पदामा सरकारी अधिकारीहरूको पछिल्लो अतिक्रमणको चपेटामा पशुपति क्षेत्र परेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति श्लेष्मान्तकमा पैदल बाटामा कंक्रिटको प्रयोग गरेर सर्वोच्च अदालतको आदेश र सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रको मापदण्ड उल्लंघन गरेको छ । श्लेष्मान्तक वनमा नयाँ भौतिक संरचना निर्माण गर्नु स्वयंमा संरक्षणका राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय प्रावधानहरूको उल्लंघन हो । यसअघि भूकम्पले नसुकाएको रानीपोखरी पुनर्निर्माणका नाममा भत्काएर अलपत्र पारिएको छ । रानीपोखरीमा पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको हेलचेक्य्राइँ यथार्थमा दण्डनीय अपराध हो । काष्ठमण्डपको पुनर्निर्माणमा त झन् सरोकारवाला स्थानीयहरूको सहभागिता र स्वामित्वलाई अवरोध गरेर यथार्थमा त्यस प्राचीन सम्पदाको मूर्त र अमूर्त पक्षको अस्तित्वमै अतिक्रमण गरिएको छ ।  

नेपालका मौलिक विशेषतामा जानेर वा नजानेर प्रहार गर्न थालेको त सयौं वर्ष भइसक्यो । तर, पछिल्ला केही वर्ष नियोजितरूपमै सम्पदा मास्ने प्रयत्न भइरहेको देखिएको छ । त्यसमा पनि २०७२ सालको भूकम्पपछि त झन् पुरातात्विक महत्त्वका सांस्कृतिक, धार्मिक सम्पदा नाशमास गर्ने होड नै चलेको छ । पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका निकायका पदाधिकारीले नै सम्पदा संरक्षणका लागि सरोकारवाला नागरिक र विशेषज्ञहरूको आग्रहविपरीतको हठ देखाएकाले नियोजित षड्यन्त्रको सन्देह बढेको हो । यस्ता सांस्कृतिक धरोहरसँगै जाति र संस्कृति मासिएका थुप्रै उदाहरण विश्व इतिहासमा पाइन्छ । नेपाली समाज र संस्कृति मास्न राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट नियोजित प्रयत्न भइरहेको देखिएकाले गम्भीर षड्यन्त्रको शंका पुष्टि हुँदैगएको छ । 

पुराना मठ, मन्दिर, पोखरी, घाटहरूलाई आधुनिक बनाउने नाममा मासेर सिमेन्ट र फलामको जंगलमा परिणत गर्ने षड्यन्त्रको अभीष्ट निर्माणका नाममा प्राप्त हुने कमिसनको लोभमा मात्र हो कि त्यसमा नेपाली संस्कृतिमाथि नै प्रहार गर्ने दुश्चेष्टा पनि मिसिएको भनेर किटान गरिहाल्न सकिने अवस्था छैन । केहीले नजानेर वा भौतिक संरचना त हो नि भन्ने ठानेर पुरातात्विक सम्पदा मास्ने प्रयास गरेका हुनसक्छन् । कतिपयको  दृष्टि भने निर्माण वा पुनर्निर्माणमा खर्च हुने रकमबाट प्राप्त हुने कमिसनमा मात्र केन्द्रित भएको देखिन्छ । कुनै संरचना पहिले भत्काउने अनि नयाँ बनाउने गर्न पाए कमिसन पनि धेरै आउने हुनाले तिनले संरक्षण गर्नुपर्ने र गर्न सकिने संरचना पनि भत्काउनैमा बढी जोड दिएको देखिन्छ । रानीपोखरीका हत्याराजस्ता केहीले मूर्खतापूर्ण बलमिच्याइँ गरेर अमूल्य सम्पदाको अस्तित्व नै संकटमा पारेका छन् । नजानेर सम्पदामा हानि पुग्ने काम गर्नेहरूलाई मूर्त र अमूर्त सम्पदाको महत्त्व बुझाउनु आवश्यक छ भने श्लेष्मान्तकमा अदालतको आदेश र सम्पदा संरक्षणको मापदण्डविपरीत कंक्रिट प्रयोग गर्ने, रानीपोखरी सुकाउने वा काष्ठमण्डपको अमूर्त सम्पदाको बेवास्ता गरेर अस्तित्वमै अतिक्रमण गर्नेहरूलाई भने कानुनबमोजिम दण्ड नै हुनुपर्छ । सांस्कृतिक सम्पदामा अतिक्रमण हुँदा मौन रहने जाति मासिएर जान्छ भन्ने सबैले हेक्का राख्नु जरुरी छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC