site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेमेष्टर प्रणाली सुधार्न क्याम्पसलाई १५ लाख दिइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीमा अहिले  पनि समस्या रहेको जनाउँदै आएको छ । त्रिविले सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउन उच्च शिक्षा सुधार परियोजना मार्फत उक्त प्रणाली संचालनमा रहेका क्याम्पसहरुलाई प्रति क्याम्पस १५ लाख रुपैयाँ  दिने जनाएको छ ।

त्रिविले २०७४–२०७५ को नीति तथा कार्यक्रमको समिक्षा गर्दै उक्त निर्णय लिइएको त्रिवि योजना निर्देशनालयका प्रमुख प्रा डा. ऋदिशकुमार पोखरेलले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसबाट वि. सं.२०७०–२०७१ बाट शुरु भई त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा सेमेस्टर प्रणाली लागु भएको हो । त्यस्तै, शैक्षिक सत्र २०७५ देखि देशभर स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागु भएको त्रिविले जनाएको छ ।

तर, सेमेस्टर प्रणालीमा अझै पनि सुधारको खाँचो रहेको बताउँदै प्रमुख पोखरेलले भने, “सेमेस्टर प्रणाली सुधार र प्रभावकारी बनाउनको लागि प्रति क्याम्पस १५ लाख र प्रति कार्यक्रम ५ लाख तथा विज्ञान प्रविधिको हकमा प्रति कार्यक्रम १५ लाख रुपैंया दिने व्यवस्था गरिएको छ” ।

Global Ime bank

उनले सेमेस्टर सुधारकोलागि सम्बन्धीत डीन कार्यालयलाई परीक्षा प्रणाली सबलीकरण गर्न प्रति कार्यक्रम १ लाख र विज्ञान प्रविधिको हकमा प्रति कार्यक्रम ३ लाख तथा शिक्षक एवं कर्मचारीको क्षमता बढाउन प्रति कार्यक्रम २ लाख दिने व्यवस्था गरिएको  जानकारी दिए ।  

प्रमुख पोखरेलले समेस्टरअन्तर्गत सिकाइलाई प्राथमिकतामा राख्दै अहिले प्रोजेक्ट वर्क, प्रेजेन्टेसन, केस–स्टडीलगायतका पक्ष राखिएको जनाए । उनले सेमेस्टरमा समस्या अहिले पनि रहेको स्वीकार गर्दै भने, “हामीले क्यालेण्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिरहेका छैनौ, परीक्षा अलिकति लम्बिइ रहेको छ । सेमेस्टरमा ६ महिनामा नतिजा आएन भनेर गुनासो आइरहेका छन् ।  विज्ञान तथा व्यवस्थापन विषयमा सेमेस्टर एकदमै राम्रो पनि भइरहेको छ । तर, अलिकति समस्या भनेको मानविकी र शिक्षा लगायतका संकायमा रहेको छ ।” 

उनले वार्षिक प्रणालीभन्दा सेमेस्टर प्रणालीले गर्दा उत्तीर्ण प्रतिशत बढेको जानकारी दिए । उनले समग्रमा वार्षिक २० प्रतिशतले उत्तीर्ण  प्रतिशत बढेको बताउँदै भने, ‘‘अहिले सेमेष्टरमा कुनै विषयमा ९० प्रतिशत भए पनि समग्रमा भन्नु पर्दा औसतमा ७० प्रतिशतभन्दा माथिको नतिजा आइसकेको छ । ’’

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC