site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतको चुनाव परिणामबाट नेपालले के सिक्ने ?
Sarbottam CementSarbottam Cement

भारतमा गएको मंगलबार (डिसेम्बर ११) का दिन पाँच वटा राज्यको चुनावको परिणाम आएको छ । मध्यप्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगनाको मत परिणाम हेर्दा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ । मध्यप्रदेश र छत्तीसगढमा भाजपाले लामो समयदेखि सरकार चलाउँदै आएको थियो भने राजस्थानमा पनि विगत ५ वर्षदेखि उसले सरकार चलाउँदै आएको थियो । ती राज्यबाट निर्वाचित हुने सांसदहरुले नै केन्द्र सरकार बनाउनपनि ठूलो भूमिका खेलेका हुन् । मिजोरम र तेलंगनामा क्षेत्रीय दलहरु आएका छन् । यसले नेपालको सन्दर्भमा के संकेत गर्छ त ? अहिले भारतीय चुनावको परिणामलाई लिएर यो कुरापनि नेपालमा चर्चा भइरहेको छ ।

भारतमा २०१९ मा के होला ?

अहिले राज्यसभाको चुनावको परिणाम हेर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अलोकप्रिय भएको देखिएको छ । सन् २०१९मा त्यहाँ लोकसभाको निर्वाचन हुँदैछ । त्यो निर्वाचन परिणामले नै कुन पार्टीले केन्द्रीय सरकार बनाउने भन्ने टुंगो लगाउने हो । त्यसैले अहिलेको चुनावको परिणामले त्यतिबेला हुन सक्ने सम्भाविच ट्रेन्ड भने बताउन सक्छ । किनकि अहिले चुनाव हारेका क्षेत्रले नै केन्द्रमा सरकार बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । त्यसैले भाजपाको भूमिका त्यतिबेला खुम्चिन सक्ने अवस्था रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा के असर पर्ला त ?

भारतमा भाजपा वा कांग्रेस आई सन् २०१९ पछि जो आएपनि त्यसले तात्विक फरक पर्ला जस्तो लाग्दैन । उनीहरुको विदेश मामिला भनेको हाम्रोमा जस्ता पार्टी वा नेता आएपिच्छे परिवर्तन हुने होइन । उनीहरुको सधैं निरन्तरता हुन्छ । के सत्तापक्ष के विपक्ष उनीहरुले विदेशमामिलाका सन्दर्भमा अक्सर एउटै कुरा गर्छन् । त्यसैले जो आएपनि केही फरक पर्ला जस्तो लाग्दैन । 

Global Ime bank

नेपालको सत्तापक्षले के सिक्ने ?

नेपालका अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली भारतले लगाएको नाकाबन्दीको समयमा अडान लिएका कारण नै चुनाव जित्न सफल हुनुभएको हो । तर, पछिल्लो समयमा उहाँका गतिविधि राम्रा भएनन् भनेर आलोचना समेत भइरहेको छ । त्यसैले जसरी सन् २०१४मा भारतमा भाजपाले चुनाव जितेको थियो अहिले त त्यो देखिएन । किन देखिएन भने पहिला बाँडिएको आश्वासन पूरा हुन नसकेकोले जनता निराश भए । त्यसैले यता सत्ता पक्षले पनि त्यसबाट सिक्नु पर्दछ । चुनावको बेलामा गरिएका बाचा पूरा भएनन् भने यहाँको सत्तापक्षको हालत पनि भारतकै जस्तो हुन सक्छ । त्यसैले भारतबाट शिक्षा लिँदै नेपालका सत्तारुढ नेताहरुले पनि चुनाव अघिका बाचा पूरा गर्ने तर्फ लाग्नुपर्दछ । नत्र त्यताकै जस्तो हालत यता पनि हुनेछ ।

नाकाबन्दीको पनि असर हो ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नाकाबन्दी लगाएका कारणले त त्यताको चुनाव हारेका होइनन् भन्ने प्रश्न पनि उठेको छ । त्यो पनि केही न केही असर नहोला भन्न सकिदैन । किनकि नेपाल भूकम्पबाट अप्ठेरोमा परेको बेलामा आफ्नो देशको प्रधानमन्त्रीले छिमेकमा नाकाबन्दी लगाएको कुरा त्यहाँका जनतालाई पनि थाहा छ । त्यसैले आफ्नै जनतालेपनि त्यसमा असन्तुष्टि पोखेका हुन सक्छन् । जनताले प्रकट गर्ने असन्तुष्टि मतदानकै माध्यमबाट आउने हो । त्यसैले केही न केही त्यसको पनि नकारात्मक असर हुन सक्छ ।त्यसैले यस्ता गतिविधि गर्नुअघि त्यहाँकै सत्तापक्षलेपनि अबदेखि सोच्नुपर्ने जस्तो अवस्थापनि आएको छ ।

(भारतकालागि पूर्वराजदूत डा सिंहसँग बाह्रखरीको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC