site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तारागाउँ विकास समितिले टेरेनः लेखा समिति
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले तारागाउँ विकास समितिलाई आवश्यक कागजात उपलब्ध गराउन दुई पटक पत्राचार गर्दा पनि अटेर गरेको जनाएको छ ।

लेखा समितिको सभापति भरत शाहका अनुसार तारागाउँले राजधानीको बौद्धस्थित ह्यात होटललाई भाडामा दिएको जग्गाबारे छलफलका लागि आवश्यक कागजात माग्न पत्राचार गरिए पनि हालसम्म अटेर गरेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तारागाउँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको एक समिति हो । तारागाउँले बौद्धस्थित आफ्नो स्वामित्वमा रहेको झन्डै डेढ सय रोपनी जग्ग पाँचतारे होटल ह्यातलाई भाडामा दिएको र पछि सरकारले त्यसलाई सेयरमा परिणत गरेपछि विवाद हुँदै आएको छ ।

“यही विषयमा प्रष्ट हुन आवश्यक कागजात माग्न दुईपल्ट पत्र पठाए पनि उताबाट जवाफ दिएनन्,” लेखा समितिका सभापति शाहले बुधबारको बैठकमा भने, “वास्तविकता के हो बुझ्दै छौं ।”

Global Ime bank

बैठकमा सदस्य हृदयेश त्रिपाठीले कानुनको छिद्र समातेर सरकारी जग्गा हडप्न नपाइने बताए । “तारागाउँ र ह्यात होटलको जग्गा भाडा गम्भीर विषय हो,” उनले भने, “यसमा पनि एउटा उपसमिति बनाएर छानबिन गर्नैपर्छ ।”

अर्का सदस्य तेजुलाल चौधरीले समितिको पत्रको जवाफ नआएको भन्दै आक्रोश पोखे । “तारागाउँले लेखा समितिलाई नटेरेको हो कि, ऊ सरकारभन्दा माथि हो ?,” उनले भने, “कि पत्र पुग्ने ठाउँ धेरै टाढा छ वा अझै ताकेता गर्नुपर्ने हो ?”
समिति सदस्यहरू धर्मशीला चापागाईं, मिनेन्द्र रिजाल, पुष्पाकुमारी कर्ण, सूर्यप्रसाद पाठकलगायतले तारागाउँका विषयमा अविलम्ब छानबिन सुरु गर्नुपर्ने बताएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC