site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विभिन्न राजनीतिक पार्टीमा आवद्ध महिला नेतृहरुको सामूहिक संजाल (अन्तर पार्टी महिला संजाल)ले  नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेकमा दफाबार छलफल गर्दा लैगिंकमैत्री बनाउन ज्ञापनपत्र बुझाएका छन् । संजालले ऐनमा “बाबुको पहिचान खुल्न नसकेको” जस्ता अपमानजनक भाषाको प्रयोग नगरियोस् भन्दै ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । 
संजालले राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाउँदै संविधानको धारा ११ (२) ख मा व्यवस्था भए अनुरुप नेपाली नागरिक महिलाका सन्तानले आमाको नामबाट सहजता पूर्वक नागरिकता लिन सक्ने व्यवस्था गरियोस् भनेर उल्लेख गरेका छन् । 
ज्ञापनपत्रमा विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका नेपाली नागरिक पुरुषका सन्तान वंशजको नागरिक हुने र महिलाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्नबाट बञ्चित हुने वा प्राप्त गरिहाले पनि अंगिकृत नागरिक हुने विभेदकारी व्यवस्थाको अन्त्य गरियोस् भन्ने माग रहेको छ ।
संजालकी अध्यक्ष नीलम वर्माले प्रमुख सचेतक कर्णलाई ज्ञापनपत्र हस्तानान्तरण गर्दै नेपाली नागरिक महिलाबाट जन्मिएको व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न नेपालमा नै जन्मिएको हुनुपर्ने बाध्यकारी व्यवस्था ऐनबाट हटाइउन सुझाव दिइन् । उनले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध राख्ने विदेशी नागरिक पुरुष र महिलालाई नेपालको वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न समान प्रावधानको व्यवस्था गरियोस् भनेर पत्र बुझाएकी थिइन् । हालसम्म नागरिकता प्राप्त गर्न नसकेका एकल वृद्ध महिलाहरुलाई सहजता पूर्व नागरिकता प्राप्त गर्ने व्यवस्था गरियोस् भनेर पत्रमा उल्लेख रहेको छ ।
संजालले संसदमा यो विधेयक प्रस्तुत भए देखि नै गंभिर रुपले ध्यान केन्द्रीत भएको उल्लेख गर्दै उक्त विधेयकमा दफावार छलफल गर्दा माथि उल्लेखित सुझावहरुलाई समावेश गरी नेपाल नागरिकता ऐन २०६३ लाई लैङ्गिक मैत्री पूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्नका लागि प्रमुख सचेतक कर्णलाई ध्यानाकर्षण गराएको थियो । संजालले यसअघि पनि विभिन्न राजनीतिक पार्टीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको अध्यक्ष वर्माले जानकारी दिइन् । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन रहेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC