site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२० करोड रुपैयाँ उठाउन एयर एसिया एक्सलाई पत्राचार
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले मलेसियाको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्ससँग २० करोड रुपैयाँबराबरको बक्यौता उठाउन पत्राचार गरेको छ ।

क्वालालम्पुर–काठमाडौं रुटमा उडान सञ्चालन गरिरहेका बेलामा विमानस्थल व्यवस्थापनले धेरै पटक र लामो समय ताकेता गर्दा पनि एयर एसिया एक्सले उक्त परिमाणबराबरको बक्यौता भुक्तानी नगरी गत असोज अन्तिम साता नेपाल छाडेको थियो ।

एयर एसिया एक्सले नेपाल छाडेको दिनसम्म सबै खाले सेवा शुल्क र त्यसमा लागेको विलम्ब शुल्क गरी १३ करोड रुपैयाँ भुक्तान गर्न बाँकी थियो । पछिल्लो पटक एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जीएसए) इन्सेन्टिभ्स टुर्सले विमानस्थल व्यवस्थापनलाई बक्यौतावापत बुझाएको ७ करोड रुपैयाँबराबरको बैंक चेक ‘बाउन्स’ (रकम नभएको खाताको चेक) भएपछि यो रकम पनि जोडिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“एयर एसिया एक्सले नेपाल छाडेदेखि ऊसँग बक्यौता उठाउन लागिरहेकै छौं, त्यही भएर उसको क्वालालम्पुरस्थित मुख्यालयमा पत्राचार गरेका हौं,” त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मंगलबार बाह्रखरीसँग भने, “सकेसम्म चाँडै बक्यौता भुक्तानी गरिदिन पत्र पठाएको केही दिन भयो तर उताबाट अझै जवाफ भने आइसकेको छैन ।”

विमानस्थलले गत भदौमा एयर एसिया एक्सलाई एक साताभित्र कूल बक्यौताको कम्तिमा १० करोड रुपैयाँ चुक्ता नगरे नेपाल आउने उसको जहाज काठमाडौंमै ‘ग्राउन्डेड’ गर्ने चेतावनी दिएको थियो । चेतावनीपछि उसले ७ करोड १४ लाख रुपैयाँ चुक्ता गरे पनि बाँकी २० करोड नतिरी असोज २७ बाट नेपाल उडान बन्द गरेको थियो ।

Global Ime bank

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार काठमाडौंस्थित मलेसियाली दूतावासले एयर एसियाको बक्यौता उठाउन आफूले मध्यस्थता गर्ने भन्दै पत्राचार गरेपछि नेपाल छोड्न अनुमति दिइएको थियो । नेपाल छाड्नु एक दिनअघि नै उसको जहाजलाई डेढ घन्टासम्म यहीँ रोकेर राखिएको भए पनि मलेसियास्थित उसको मुख्यालय हुँदै यहाँको दूतावाससम्म घटनाबारे जानकारी पुगेपछि दूतावासले पत्र पठाएका कारण फिर्ता जान अनुमति दिइएको थियो ।

“केही दिनअघि मलेसियाली दूतावासका उपनियोग प्रमुखलाई भेटेर एयर एसिया एक्सको बक्यौताबारे छलफल ग¥यौं,” महाप्रबन्धक क्षेत्रीले भने, “उहाँले यसमा सक्दो सहयोग गर्ने वचन दिनुभएको छ ।”

विमानस्थलका अनुसार एयर एसियाले करिब ४४ करोड रुपैयाँबराबरको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको थियो । उसले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत दुई वर्षभन्दा बढी समयदेखि ठूलो परिमाणमा चुक्ता गर्न बाँकी छ । 

बक्यौतासम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले २०७४ मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी यहाँ उडान गरिरहेका सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए ।

त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसिया एक्सको मुख्यालय मलेसिया पठाएको थियो । उसको नेपालस्थित जीएसए इन्सेन्टिभ्स टुर्सलाई त्यसअघि पठाइएको पत्रको जवाफ नआएपछि विमानस्थलले मलेसिया पत्र पठाएको थियो । जति ताकेता गर्दा पनि अटेर गरेको एयर एसिया एक्सले २०७४ फागुनदेखि २०७५ साउनभित्र किस्ता–किस्तामा करिब २३ करोड रुपैयाँ चुक्ता गरेको थियो । 

लामो समयदेखि ठूलो परिमाणबराबरको बक्यौता चुक्ता गर्न बारम्बार ताकेता गर्दै आएको त्रिभुवन विमानस्थल व्यवस्थापनले केही सीप नलागेपछि उसका जहाज नै ग्राउन्डेड (भूमिस्थ) गर्ने चेतावनी दिएको थियो । 

एयर एसिया एक्सले गत भदौ तेस्रो साता सार्वजनिक सूचना जारी गरी असोज २७ गतेबाट नेपाल उडान बन्द गर्ने घोषणा गरेको थियो । तर, त्यसअघि त्रिभुवन विमानस्थललाई सम्पूर्ण बक्यौता चुक्ता गर्ने जानकारी दिए पनि अन्तिममा ‘धोका’ दिएको थियो । 

महाप्रबन्धक क्षेत्रीका अनुसार बक्यौता चुक्ता गर्ने अवधि केही दिन बढाइदिन भन्दै मलेसियास्थित एयर एसियाको मुख्यालय र काठमाडौंस्थित कार्यालयका अधिकारीहरूले आग्रह गरेका थिए । त्यसपछि एक साताभित्र न्यूनतम १० करोड रुपैयाँ चुक्ता गर्नैपर्ने र नगरे जहाज ग्राउन्डेड गर्ने चेतावनी दिइएको थियो ।  

गत असोज २७ बाट लागू हुने गरी नेपाल उडान बन्द गर्ने औपचारिक पत्र एयर एसिया एक्सबाट प्राप्त भएपछि विमानस्थल कार्यालयले ऊसँग उठाउनुपर्ने सबै रकमको हिसाबकिताब निकालेको थियो । 

३ सयभन्दा बढी सिट क्षमतायुक्त ‘ए३३०’ सिरिजको ‘वाइड बडी’ जहाजबाट नेपाल उडान गर्दै आएको एयर एसिया एक्सले पछिल्लो ६ महिनादेखि यो सेक्टरमा चरम घाटा खाँदै आएको भन्दै उडानै बन्द गर्ने निर्णय गरेको थियो । नेपालले वैदेशिक रोजगारीको रामो गन्तव्य मलेसिया तत्कालका लागि बन्द गरेयता एयर एसिया यो सेक्टरमा घाटामा सञ्चालन हुँदै आएको उसको भनाइ थियो । 

एयर एसियाका अनुसार मलेसियाको क्वालालम्पुरबाट आउँदा ३ सय यात्रु हुने तर काठमाडौंबाट फर्किंदा ४० हाराहारी यात्रु हुन थालेपछि खालि जहाज उडाउनुभन्दा यो सेक्टर नै बन्द गर्ने निर्णय गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC