site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिभुवन विमानस्थलमा अत्यधिक चाप, एकै वर्ष ७२ लाख यात्रु

काठमाडौं । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु चाप कति धेरै छ भन्ने थाहा पाउन गएको एक वर्षको तथ्यांक हेर्दा सबै प्रष्ट हुन्छ । गएको एक वर्षमा त्रिभुवन विमानस्थलले करिब ७२ लाख यात्रु व्यवस्थापन गरेको छ ।

तीन किलोमिटर लम्बाइको एकमात्र धावनमार्ग, ठूला जहाज अटाउने ९ वटा पार्किङ बे र आन्तरिकतर्फ डेढ दर्जनहाराहारी जहाज अटाउने क्षमताको त्रिभुवन विमानस्थलमा पछिल्ला केही वर्षदेखि जहाज र यात्रु चाप थेगिनसक्नु भएको छ । 

यतिविधि ‘सास्ती’ खेप्दाखेप्दै त्रिभुवन विमानस्थलले गत वर्ष सन् २०१८ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी कूल ७१ लाख ९० हजार ९ सय १९ यात्रु व्यवस्थापन गरेको थियो । त्यतिमात्र होइन, त्यही अवधिभित्र विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी १ लाख २९ हजार ५ सय १२ उडान–अवतरण भएका थिए । 

“यात्रु र जहाजको चाप वर्षैपिच्छे उल्लेख्य दरमा बढिरहेको छ,” त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बुधबार बाह्रखरीसँग भने, “हामी बुताले भ्याएसम्म यात्रुलाई सहज आवागमन गराइरहेका छौं भने स्वदेशी तथा विदेशी जहाजलाई पनि सकेसम्म तोकिएको समयमै उडान–अवतरण गराइरहेका छौं । यसमा सम्बद्ध सबैको सहयोगले काम गरेको छ ।”

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २०१८ मा यात्रु र जहाज आवागमन वृद्धिसँगै कार्गो ढुवानी पनि उल्लेख्य दरमा बढेको छ । त्रिभुवन विमानस्थलमा गत वर्ष आन्तरिक र अन्तर्राष्ट्रिय कार्गो ढुवानी परिमाण २४ हजार २ सय ४२ टनबराबर भएको थियो । 

उड्डयन प्राधिकरण त्रिभुवन अन्तराष्ट्रियसहित देशभरका विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय पनि हो । प्राधिकरणका अनुसार गएको वर्ष आन्तरिक र अन्तर्राष्ट्रिय उडानबाट ३५ लाख ५० हजार २ सय ४६ यात्रु भित्रिएका थिए । यसमा २१ लाख ७४ हजार ५ सय ५२ यात्रु अन्तर्राष्ट्रिय उडान र १३ लाख ७५ हजार ६ सय ९४ जना आन्तरिक उडानबाट आएका थिए ।

त्यसैगरी आन्तरिक र वाह्य उडानबाट ३६ लाख ४० हजार ६ सय ७३ यात्रु बाहिरिएका थिए । यसमा २१ लाख ६८ हजार ६ सय १५ यात्रु अन्तर्राष्ट्रिय उडान तथा १४ लाख ७२ हजार ५८ यात्रु आन्तरिक उडानबाट मुलुकका विभिन्न गन्तव्य गएका थिए ।  

जहाज आवागमनतर्फ हेर्दा आन्तरिक र अन्तर्राष्ट्रिय जहाज कूल ६४ हजार ७ सय ५० जहाज आगमन भएको थियो । यसमा १६ हजार ९ सय ६३ अन्तर्राष्ट्रिय आगमन र ४७ हजार ७ सय ८७ आन्तरिक आगमन थियो । 

त्यस्तै त्रिभुवन विमानस्थलबाट गएको वर्ष १६ हजार ९ सय ६९ अन्तर्राष्ट्रिय बहिर्गमन र ४७ हजार ७ सय ९३ आन्तरिक गरी कूल ६४ हजार ७ सय ६२ बहिर्गमन भएको थियो । 

कार्गो ढुवानीतर्फ १४ हजार ९ सय ७० टन अन्तर्राष्ट्रिय र ५ सय ६५ टन आन्तरिक गरी कूल १५ हजार ५ सय ३५ टन कार्गो त्रिभुवन विमानस्थल भित्रिएको थियो । त्यसैगरी ५ हजार ५ सय ७९ टन अन्तर्राष्ट्रिय र ३ हजार १ सय २७ टन आन्तरिक गरी कूल ८ हजार ७ सय ६ टन कार्गो बाहिरिएको थियो । 

प्राधिकरणका अनुसार हाल त्रिभुवन विमानस्थलमा नेपालका तीन तथा अन्य १३ देशका २६ गरी २९ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले २३ गन्तव्यबाट नेपालका लागि उडान गरिरहेका छन् । आन्तरिकतर्फ भने आधा दर्जनहाराहारी वायुसेवा कम्पनीले उडान गरिरहेका छन् । 
फाइल तस्बिर 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro