साहित्य
काठमाडौं । ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल भएकी छन् । उनी टप १२ बाट बाहिरिएकी छन् । उनले यसअघि मल्टिमिडियाको टाइटल जितेकी थिइन् । उनले टप १२ मा प्रवेश गरेपछि सबै नेपालीलाई धन्यवाद दिएकी छन् ।
चीनको सान्यामा जारी प्रतियोगितामा उनी टप १२ मात्रै पर्न सफल भएकी हुन् । उनी टप ५ को प्रतिष्पर्धाबाट बाहिरिएकी थिइन् । मिस एसियाको उपाधि थाइल्याण्डकी सुन्दरीले जित्न सफल भएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५ १९:०९
प्रतिक्रिया दिनुहोस्