काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको अंक तालिकामा कमजोर अवस्थामा रहेका मछिन्द्र क्लब र ब्रिगेड व्वाइज क्लब (बीबीसी) ले लिगको छैटौं खेलमा अंक बाँडेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा बिहीबार भएको खेलमा बीबीसी र मछिन्द्र क्लबले गोलरहित बराबरी खेलेका छन् ।
लिगमा एकमात्रै जित निकालेको बीबीसीले दोस्रो जितका लागि पटक—पटक प्रयास गरेपनि सफल नहुँदा बराबरी खेलेको हो । तर, लिगमा एक पनि जित निकाल्न नसकेको मछिन्द्रले रक्षात्मक खेल्दै एक अंक खोसेको हो ।
६ खेलबाट ४ अंक बनाएको बीबीसी लिगको अंक तालिकामा १२ औं स्थानमा रहेको छ भने समान ६ वटै खेलबाट मछिन्द्रले ३ अंकमात्रै जोड्न सफल भएको छ ।
‘ए’ डिभिजन लिगमा हालसम्मका खेल सकिँदा मनाङ—मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । १८ अंक सहित शीर्ष स्थानमा रहेको मनाङलाई समान १५—१५ अंकसहित थ्री स्टार क्लब र सिएमजी संकटा क्लबले पछ्याइरहेका छन् । विभागीय टिम त्रिभुुवन आर्मी क्लब र पुलिसि क्लब १४ र १० अंकसहित चौथो र पाँचौ स्थानमा रहेका छन् ।