site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल आइडलका विक्रम बराललाई ‘प्रसाद’को गीत गाउने अवसर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ का उत्कृष्ठ सात प्रतिस्पर्धी मध्ये विक्रम बरालले चलचित्र ‘प्रसाद’को गीत गाउने अवसर पाएका छन् । यही मंसिर २१ गते रिलिज हुने चलचित्र ‘प्रसाद’को एउटा गीत विक्रमले गाउने भएका हुन् । 

शुक्रबार प्रशारण भएको नेपाल आइडलको श्रृखंलामा पुगेर उक्त चलचित्रका निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले विक्रमलाई ‘प्रसाद’को गीत गाउन अवसर दिने घोषणा गर्दै सम्झौता पत्रसमेत प्रदान गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

विपिन कार्की स्टारर चलचित्र ‘प्रसाद’मा उनको अपोजिटमा नम्रता श्रेष्ठ छिन् । भिलेनका रुपमा निश्चल बस्नेत छन् । निशन्तान दम्पतीको कथामा आधारित चलचित्रका दुईटा गीत सार्वजनिक भइसकेका छन् । चलचित्रको ट्रेलर पनि रिलिज भइसकेको छ । 

यसैबीच, हिजोको श्रृखंलाबाट क्रिशल कणेल बाहिरिएका छन् । उत्कृष्ठ आठ प्रतिस्पर्धीले बिहीबार दिएको प्रस्तुती हेरेर दर्शकले गरेको भोट र निर्णायकको मतका आधारमा क्रिशल बाहिरिएका  हुन् । 

Global Ime bank

शुक्रबार साँझको नेपाल आइडलको एलिमिनेशन राउन्डमा सबैभन्दा कम भोट पाएपछि उनी बाहिरिएका हुन् । बटम थ्रिमा सुमित पाठक, पवन गिरी र क्रिशल कणेल परेका थिए । 
अब गाला राउण्डमा ७ जना प्रतिस्पर्धी बाँकी छन् । 

यो हप्ता सबैभन्दा धेरै भोट धनगढीका रवी ओटले पाएका नेपाल आइडलले जनाएको छ । स्टाइलिस पफरमेन्स अफ द डे पोखराका विक्रम बराल भएका थिए । 

 तस्बिरः एपीवान टेलिभिजन
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०७५  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC