‘सयकडा दश’को पहिलो गीत ‘दाइलाई कुरा लाइदिनी...’ बजारमा 

‘सयकडा दश’को पहिलो गीत ‘दाइलाई कुरा लाइदिनी...’ बजारमा 

काठमाडौं । भ्रष्टाचारविरुद्धको कथा बोकेको चलचित्र ‘सयकडा दश’ले पहिलो गीत ‘दाइलाई कुरा लाइदिनी...’ सार्वजनिक गरेको छ । ‘दाइलाई कुरा लाइदिनी, सात्तो खाइदिनी...’ बोलको गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् । तृषला गुरुङ र सन्देश पाठकले स्वर छ भने गीत रामशरण पाठकले लेखेका हुन् ।

गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको छ । 

‘प्रेमगीत–२’ फेम्ड निर्देशक रामशरण पाठकले चलचित्रलाई निर्देशन गरेका छन् । मनोज गजुरेल र राजाराम पौडेलसमेत मुख्य भूमिकामा छन् । चलचित्र माघ १८ गते प्रदर्शन हुँदैछ । 

प्रतिकृया दिनुहोस