site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

डोटी । सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ, बाजुरा तथा डोटी जिल्लाको केन्द्रबिन्दुमा पर्ने खप्तडमा पर्यटन बोर्डको टोली पुगेको छ । 

नेपाल पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महरा, अवधेशकुमार दास र दीपक महतसहित पर्यटन व्यवसायी पनि खप्तड पुगेका छन् । खप्तड क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनका लागि गर्न सकिने कामको अध्ययन तथा पर्यटकका लागि खाने–बस्ने ठाउँको अध्ययन गर्न सो टोली खप्तड पुगेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

टोलीमा पर्यटन विकास समितिका महासचिव सञ्जयकुमार चौधरी, होटल व्यवसायी सङ्घ डोटीका अध्यक्ष तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खडका, खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्याय, एनआरएन जर्मनीका अध्यक्ष नवराज रोश्यारा पनि उक्त टोलीमा सहभागी छन् । 

पर्यटन बोर्डका सदस्य महराले खप्तडमा सय र बिचपानीमा २५ जनालाई बसोबासको व्यवस्थाका लागि संरचना निर्माण हुने बताए । चालु वर्ष मात्रै पर्यटन बोर्डबाट ‘प्रिफ्याप’ भवन बनाउनका लागि पाँच करोड बिनियोजन गरिएको उनले जानकारी दिए । 

Global Ime bank

खप्तडमा राम्रो खानपिन र बसोबासको बन्दोबस्ती भए प्रतिवर्ष ५० हजार पर्यटक भित्र्याउन सकिने डोटी उद्योग वाणिज्य सङ्घका महासचिव खड्काले बताए ।  

खप्तडमा ‘स्की’ र गल्फको अत्यन्तै सम्भावना रहेकाले बोर्डले उच्च प्राथमिकतामा राखेको बोर्डका सदस्य महतले बताए ।  खप्तडमा अहिले दिनहुँजसो ४०÷५० जना खप्तड प्रवेश गर्ने गरेको खप्तड पर्यटन बोर्ड डोटीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC