site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लस एन्जलस । अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उनी विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुन् । 

“मार्भेल कमिक” का पूर्व प्रमुख स्टान लीको निधनप्रति विश्वभरबाट समवेदना प्रकट गर्नेक्रम जारी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वुल्भेराइनमा खेल्ने कलाकार ह्युज ज्याकमानले भने, “हामीले एकजना विशिष्ट लेखक गुमाएका छौं । स्टान ली सुपरहिरो ब्रह्माण्डका एकजना अद्भूत व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको रचनामा एउटा सानो भूमिका पाएकामा म कृतज्ञ छु ।” 

आइरन म्यानमा अभिनय गरेका कलाकार रोबर्ट डाउनी जुनियरले “म तपाईंप्रति कृतज्ञ छु, तपाईंको शान्तिबास होस्” भनेका छन् ।  

Global Ime bank

क्याप्टेन अमेरिकामा अभिनय गरेका क्रिस इभान्सले अब अर्को स्टान लीको जन्म सायद हुँदैन भनेका छन् । उनले भने,  “दशकौंसम्म स्टानले युवा र वयस्क उमेरका सबैलाई समान किसिमबाट साहस, पलायन, आत्मविश्वास, उत्प्रेरणा, सामथ्र्य, मित्रता र आनन्दित तुल्याउनुभयो ।” 

मार्भेल स्टुडियोका प्रमुख केभिन फाइजले स्टानको निधनले विश्वमै एउटा रिक्तता सिर्जना गरेको बताएका छन् । रासस÷एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC