site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले कारोवार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । 

कारोवार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको मूल्य फरक परेको गुनासो आएपछि नेप्सेले आज एक विज्ञप्तिमार्फत् सो जानकारी गराएको हो । नेप्सेले अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रणाली जडान गरी प्रचलनमा ल्याएको र त्यस्तो प्रणाली जडान गर्दा केही दुविधा उत्पन्न हुनु स्वाभाविक भएको स्पष्ट पारेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ कारोवार प्रणाली स्थापनापछि पनि बजार परिसूचक विधिमा परिवर्तन नगरिएको र त्यस सम्बन्धमा कुनै दुविधा नभएको नेप्सेले जनाएको छ । नयाँ प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताले सामाना गरेको मुख्य समस्या कारोवारको विवरणको अवस्था थियो । सो समस्या कारोवार प्रणालीसँग नभइ कारोवारको विवरण प्रसारण गर्ने माध्यममा भएको समस्या रहेको नेप्सेले जनाएको छ । 

कारोवार प्रणाली र बेवसाइट छुट्टाछुट्टै ‘डेटा सेन्टर’मा सञ्चालन हुने भएकाले प्रसारण गर्दा केही समस्या आएको भन्दै उक्त समस्या हाल समाधान गरिएको नेप्सेले स्पष्ट पारेको छ । नेप्सेले कात्तिक २० गतेदेखि अनलाइनमा आधारित पूर्ण स्वचालित प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा आएपछि कारोवार रकम तथा तथ्याङ्क हेर्न समस्या देखिँदै आएको थियो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC