site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय स्तरको भनिएको सेयर अनलाइन ट्रेडिङले बजारको चक्र कता पुर्‍याउला ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंगलबार अर्थमन्त्रीले नेप्से अनलाइन ट्रेडिङ सिस्टमको औपचारिक उद्घाटन गरे । यो ऐतिहासिक अवसरसँगै सेयर मार्केटका नेपाली खेलाडीले घरमै बसेर खरिदबिक्रीको आदेश दिन सक्ने विश्वभर प्रचलित प्रणाली प्रयोग गर्न पाउने भएका हुन् ।
तर, तिहारको मुखैमा तामझामका साथ समुद्घाटन गरिएको प्रणालीमा लगानीकर्ता अभ्यस्त हुन पाएका छैनन् । प्रणालीको सुरुवाट भएको दिन भोलिपल्ट कारोबार खुलेपनि बजारमा लगानीकर्ताको उल्लेखनीय उपस्थिति भने थिएन ।
उक्त दिन बजार दोहोरो अंकले बढेको भएपनि कारोबार रकम भने अन्य दिन झैं न्यून थियो । सो दिन बजारमा १ सय ५५ स्क्रिप्टका ८ लाख २२ हजार कित्ता सेयर २४ करोड ४५ लाख रुपैयाँमा किनबेच भएको थियो ।

तिहारको मुखैमा सुरु भएको अनलाइन ट्रेडिङले लगानीकर्तामा खुसीको सन्देश ल्याएको भएपनि गोजीमा पैसा बोकेर पनि लगानीकर्ताले सेयर खरिदबिक्री गरेनन् । यसको कारण लगानीकर्ता तिहारको खर्च जुटाउन व्यस्त रहेको बुझ्न सकिन्छ । वा, लगानीकर्तामा ‘पर्ख र हेर’ को भावना जागृत भएको हुन पनि सक्ने जानकारको बुझाइ छ ।

तर, आइतबार सेयर बजार खुल्दै छ । सेयर बजार पूर्णरुपमा अनलाइन हुन आवश्यक सबै भौतिक पूर्वाधार निर्माण भइसकेको नेप्सेले दाबी गरेको छ । यसहिसाबले लगानीकर्ता उत्साहित भएका छन् । एकजना लगानीकर्ताले त फेसबुकमा लेखेका छन्, “आइतबार ११ बजेको छटपटि मलाई त सुरु भइसक्यो । तपाईंलाई नि ?”

Prabhu Bank
Agni Group
NIC Asia

यसबीच लगानीकर्ताहरुले पनि उद्घाटको अवसरमा अर्थमन्त्रीले दिएको अभिव्यक्तिलाई सकारात्मक रुपमा हेरेका छन् । सो समय अर्थमन्त्रीले लामो समयपछि लगानीकर्ताको मर्म अनुरुपको अभिव्यक्ति दिएको उनीहरुले टिप्पणी गरेका छन् । अनलाइन कारोबारको उद्घाटन अर्थमन्त्रीले उत्साहपूर्वक आफैंले गर्नु र यही समयमा विवादित लाभकरको स्थायी समाधान खोजिएको समाचारले सरकार पुँजीबजारलाई एउटा उचाइमा पुर्याउन चाहन्छ भन्ने स्पष्ट देखिने लगानीकर्ताको अनुभव छ । उनीहरुले भनेका छन्, “अर्थमन्त्री सेयर बजारबारे पहिलोपटक सकारात्मक भएको बुभियो ।”

यसो त धरैजसो देशहरुमा अनलाइन कारोबार प्रणाली उद्घाटन पछिको कारेबारमा परिसूचक बुलिस हुने गरेको छ । यसहिसाबमा पनि आइतबार सकारात्मक परिणाम आउने उनीहरुको अपेक्षा छ । तर, यही विषयमा टिप्पणी गर्नेहरुले अनलाइनले पूर्णरुपमा काम नगरेकाले आइतबार पनि के हुने हो भन्ने दुविधामा लगानीकर्ता रहेको बताएका छन् ।

Global Ime bank

यसविषयमा सामाजिक सञ्जालमा थुप्रै टिकाटिप्पणी भएका छन् । फेसबुकमा एक लगानीकर्ता लेख्छन्, “उद्घाटन भएको दिन अनलाइनले काम नगरेर सर्वसाधारणले हेर्न पाएका थिएनन् । आइतबार पनि पुरानै सिस्टममा कारोबार हुनसक्छ ।”
तर, सेयर परिसूचक बढ्ने पक्का रहेको केही साना लगानीकर्ताको दाबी छ । तर, पछिल्लो सयम सूचीकृत संस्थाहरुले नगद लाभांश दिएकाले बजारमा लगानीकर्ताको अपेक्षा पुरा हुन सकेन । यसैकारण दोस्रो बजारमा लगानीकर्ता आफ्नो सेयर बेच्न तयार रहँदा सेयरमा आपूर्ति बढेको छ । माग यथावत् रहँदा यसबेला सेयरको मूल्य घटिरहेको छ ।

जानकारहरु पनि लगानीकर्ता एकदमै चनाखो रहेको र ठूला संस्थाहरुले नगद लाभांश दिएकोले बजार घट्ने वा घट्ने बारे केही बोल्न नमिल्ने बताउँछन् ।

यसबीचमा अनलाइनको बारेमा नकरात्मक समाचार फैलाउने पनि धेरै छन् । अनलाइन ट्रेडिङ गर्ने सफ्टवेयरमा केही समस्या रहेको लगानीकर्ताले अनुभव गरेका छन् । उनीहरु निरन्तर रुपमा नेप्से घट्ने अफवाह फैलाउने गरेको भेटिएका छन् ।
तर, लगानीकर्ता संघहरुले यसबीच सफ्टवेयरमा रहेको समस्याबारे नियमाक निकायसँग छलफल गरी तत्कालै लगानीकर्ताको हितमा हुने किसिमको ‘लबिइङ’ गर्नुपर्ने लगानीकर्ताको सुझाव छ ।

ढिलै भएपनि अनलाइन कारोबार सुरु भएको छ । एकचोटी सुरु भएपछि अब लगानीकर्ताले पुरानो प्रणालीमा फर्कनु पर्दैन । तर, प्रणाली पूर्ण कार्यान्वयनमा आउन केही समय लाग्ला । लगानीकर्ताले यसमा केही धैर्यता भने अपनाउनुपर्ने हुन सक्छ ।

यसअघि बजेट र मौद्रिक नीतिले सेयर लगानीकर्तालाई समेट्न केही प्रयोग गरेको भएपनि लगानीकर्ता सरकारसँग केही रुष्ट हुँदै आएका थिए । पहिले सरकारको केही दवाव हुँदै आएको थियो । निरन्तर दवाव र ब्याजदरले पेलिएका लगानीकर्ताको पक्षमा अहिले नीतिगत व्यवस्था पनि छ ।

प्राथमिक सेयर निश्कासनमा आवेदन दिनेको संख्या पनि निरन्तर बढ्दै छ । पब्लि कम्पनीमा लगानी गर्ने नेपालीको संख्या बढ्नुले पनि अब लगानीकर्ता दोस्रो बजारतर्फ आकर्षित हुने संकेत गर्दछ । अब दोस्रो बजार पनि अनलाइनमा गएपछि नेपाली पुँजीबजार एक खुड्किलो माथि चढेको अनुभुति भएको छ ।

अर्थात्, अहिले इनिङ परिवर्तन भइसको छ । बल, लगानीकर्ताको कोर्टमा छ । अर्थ मन्त्रीले पनि लगानीकर्ता देशको मेरुडण्ड रहेको उल्लेख गरिसकेका छन् । पुँजीगत लाभकर गणनामा रहेका केही समस्या समाधार गर्न सरकारी तहबाट निर्णय भइसकेको उनको आश्वाशन छ ।

तसर्थ, विगतमा लगानीकर्ताले अर्थमन्त्रीबारे गर्दै आएका शंका उपशंकाका छाल केही कम गर्न सक्नुपर्छ । बुझेका अर्थमन्त्री र उनको दीर्घकालिन योजनाप्रति लगानीकर्ता विश्वस्त हुृन सक्नुपर्छ । ‘जुन गोरु आए पनि कानै चिरेका’ भन्ने उखान अब लगानीकर्ताले सम्झन नपरोस् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०७५  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC