Skip Advt.

साहित्य र कला

यी चार चलचित्र दीपावलीमा दर्शकलाई उपहार !

यी चार चलचित्र दीपावलीमा दर्शकलाई उपहार !

काठमाडौं । चाडपर्वको अवसर पारेर चलचित्रकर्मीहरुले आफ्ना चलचित्र युट्युबमा रिलिज गर्ने गरेका छन् । हलमा रिलिज भइसकेका र विदेशमा पनि प्रदर्शन भइसकेका चलचित्र चाडपर्वको अवसर पारेर यट्युबमा रिलिज गर्ने गरिएको छ ।

विशेषगरी हलमा गएर नहेर्ने र विदेशमा बस्ने नेपालीहरुका लागि लक्षित गर्दै युट्युबमा चलचित्र अपलोड गर्नेगरेको पाइन्छ । विदेशमा बस्ने नेपालीहरु ठूलो संख्यामा दर्शक भएकाले युट्युबबाट पनि युट्युब राइट्स खरिद गर्नेले राम्रै पैसा कमाउँछन् । 

यो वर्ष दीपालीको अवसर पारेर चलचित्र ‘धनपती’को युट्युब रिलिज भयो । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन् । 

तिहारको अवसर पारेर युट्युब रिलिज भएको अर्को चलचित्र हो,–‘सुनकेसरी’ । ‘सुनकेसरी’ लाई अपर्ण थापाले निर्देशन गरेका हुन् । यसमा ऋअचा शर्मा, सन्नी ढकाल र रविन्द्र झा मुख्य भूमिकामा छन् । 

दीपावलीको अवसर पारेर युट्युबमा अपलोड भएको अर्को चलचित्र हो,–‘मौन’ । ‘मौन’ मा अर्पण थापा र नम्रता श्रेष्ठ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई सुरज भुषालले निर्देशन गरेका हुन् । 

यस्तै तिहारको अवसर पारेर युट्युब रिलिज गरिएको अर्को चलचित्र हो,‘ए मेरो हजुर–२’ । साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बानियाँ यो चलचित्रका मुख्य पात्र हुन् । ‘ए मेरो हजुर–२’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । 

तपाईंको मत