विदेश
मड्रिड । रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनबर्षे काराबासको फैसला सुनाइएको छ । मड्रिड प्रदेश अदालतले बुधबार उनलाई कर छली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो ।
विश्व चर्चित फुटबल क्लब रियल मड्रिडको अध्यक्षका रूपमा ७५ वर्षीय लोरेन्जोले १९९५ देखि २००० सम्म काम गरेका थिए ।
क्लबको अध्यक्षका लागि हालै भएको अर्को निर्वाचनमा भने उनी पराजित भएका थिए । रासस\\सिन्ह्वा
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५ २०:००
प्रतिक्रिया दिनुहोस्