site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुकुरले ‘ओके’ नभनेसम्म चल्दैन संसद् र राष्ट्रपतिको सवारी पनि ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । झट्ट सुन्दा अझै पनि पत्यार लाग्दैन, ‘कुकुरले सुँघेरै अपराधि पत्ता लगाउँछ ।’ त्यतिमात्रै होइन, हत्यारा, बेपत्ता पारिएका दर्जनौं घटनामा प्रहरीले कुकुरकै सहयोग लिएको इतिहास छ ।  नेपालमा पनि अपराध अनुसन्धानमा कुकुर खटाउन लागिएको करिब ५० वर्ष पूरा हुन लागेको छ ।

२०२६ सलामा मलेसियामा तालिम गर्न गएका पाँच जना प्रहरीले साथमा ल्याएको जर्मन शेफर्ड जातका रिवल र होस्का नामका दुईवटा कुकुरबाट नै नेपालमा कुकुर सेवाको प्रारम्भ भएको थियो । त्यतिनै बेला नेपालमा खरिद गरिएका सोही जातको सागर र धौला नाम गरेका दुईवटा गरी चारवटा कुकुरद्वारा सेवाको शुभारम्भ भएको थियो । 

यो समयमा कुकुरले थुप्रै अपराधी पत्ता लगाउन सहयोग पुर्याएको छ भने सम्भावित घटनाका बारेमा सचेत पनि गराएको छ । अपराधीको पहिचान गर्न होस् या सम्भावित दुर्घटनाबाट बच्न प्रहरीका लागि कुकुर भरपर्दो अनुसन्धान ‘अस्त्र’ बनेको छ ।
त्यतिमात्रै होइन भीआईपी र भीभीआईपीको सुरक्षामा पनि कुकुर परिचालन गर्ने गरएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल प्रहरीसँग अहिले ७८ वटा तालिमप्राप्त र केही तालिममै रहेका कुकुर छन् । अपराध अनुसन्धान र शान्ति सुरक्षामा कुकुरले पु¥याएको योगदान निकै महत्वपूर्ण रहेको वताउँछन प्रहरी निरीक्षक डा. रामचन्द्र सत्याल । 

कुकरका नामै रोचक : जोलीदेखि राजासम्म

Global Ime bank

\"\"
नेपाल प्रहरीको केन्द्रीय तालिम स्कुलबाट कुकुरहरु पासआउट हुन्छन् । तालिम केन्द्रमै कतिपयको नामाकरण गरिन्छ भने कतिपय विदेशबाटै तालिम गरेर आउने भएकाले नाम उतै राखिएको हुन्छ । 
अहिले तालिम केन्द्रमा रहेका कुकुरको नाम जोली, राजा, रेस्क्यु, भुन्टी, लुना, ओपरा, काली साथी, लैला लगायत रहेको छ । 

यस्ता छन् प्रहरीसँग रहेका नेपाली कुकुर

\"\"
नेपाल प्रहरीसँग अहिले ८ प्रजातीका कुकुर छन् । सबै कुकुरको अपराध अनुसन्धानमा छुट्टाछुट्टै विशेषता छ । ल्याफोडर जातको कुकरले प्रायःजसो विष्फोटक पदार्थको पहिचान गर्छ भने गेल्डेर रिट्युमरले लागु औषध लुकाएको स्थानको पहिचान गर्छ । यस्तै वेल्जीयम सेफर्डले गम्भीर हातहतियार तथा विष्फोटक पदार्थ, डच सेफर्डले हातहतियार विष्फोटक पदार्थको पहिचान, विगलले लागु औषधकै पहिचान, व्लड हाउन्डले ९६ घण्टासम्मको अपराधीको खोजी, प्रमाण संकलन गर्न सक्छ । 

यो नै अहिले नेपाल प्रहरीले अमेरिकाबाट ल्याएको सबैभन्दा महंगो कुकुर हो । जसलाई ८ लाख नेपालीमा खरिद गरिएको हो । जर्मन सेफर्डले २४ घण्टाभित्रको अनुसन्धान गहिरो रुपमा गर्न सक्छ भने यसले ९६ घण्टासम्मको अनुसन्धान गर्न सक्छ । यस्तै ककर स्पाइनरले पनि लागु औषधको पत्ता लगाउने, अपराधीको पहिचान गर्छ । 

यसरी दिइन्छ कुकुरलाई तालिम 

\"\"
नेपाल प्रहरीले भारत, थाइल्यान्ड, अमेरिका, मलेसिया लगायतका मुलुकबाट कुकरको आयात गरेको छ भने कतिपय अवस्थामा नेपालबाटै पनि कुकुर व्यावसायीबाट बच्चा खरिद गरिने नेपाल प्रहरीले जानकारी दिएको छ ।

नेपालबाट ल्याएका कुकुर प्रायः ६ महिनाभित्रका खरिद गरिन्छ । जसलाई प्रहरीले नाम र तालिम आफैँ दिन्छ । कुकुरलाई ल्याइसकेपछि सक्षम गराउन प्रहरी जवानदेखि अन्य दर्जालाई दिइन्छ । नियमअनुसार एक कुकुरलाई २ जनाले हेर्ने भनिएपनि हाल एकजना मात्रै छन् । कुकुरलाई तालिम दिनेको आदेश मात्रै कुकुरले मान्छ । कुकुरलाई प्रत्येक बिहान खोरबाट निकालेपछि १ घण्टा शारिरिक व्यायाम गराउने प्रहरीले जानकारी गराएको छ ।

दैनिक लागुऔषध, हातहतियार लुकाएर खोज्न लगाइनुका साथै अपराधीको पहिचान पनि गर्न लगाइन्छ । बिहानको तालिमपछि कुकुरलाई १० बजे खाना खुवाइन्छ । त्यसपछि २ घण्टा आराम गर्न लगाएर साँझ तालिम दिइन्छ । साँझ तालिम दिइसकेपछि खाना खुवाएर खोरमा राखिन्छ । तालिम गराउँदा सांकेतिक भाषा, कोड, डिकोड कुकुरलाई बुझाइन्छ । 

यहाँसम्म कि प्रहरीका उच्च अधिकारी आउँदा स्यालुट गर्न आदेश दिए कुकुरले ‘जयनेपाल’ सम्म टक्र्याउने प्रहरी अधिकारी बताउँछन् । 

कुकुरको दैनिकभत्ता आइजीपीको भन्दा बढी !

\"\"
कुकुरको दैनिकभत्ता ३ सय २५ छ । जबकी प्रहरीमा सिपाहीदेखि आइजीपीसम्मको दैनिक राशनभत्ता भनेको १ सय ७५ रुपैयाँ मात्र हो । कुकुरलाई दिनको दुईपटक मात्रै खाना खुवाइन्छ । तालिम प्राप्त कुकुरलाई दैनिक डग फुड खुवाइन्छ । एउटा कुकुरले दैनिक ६ सय ग्राम खाना खान्छ । 

दैनिक ड्युटी कहाँ हुन्छ ?

\"\"
प्रहरी निरीक्षक डा. रामचन्द्र सत्यालका अनुसार केन्द्रदेखि ७ वटै प्रदेशको वैठक सुरु हुनुअघि सबैभन्दा पहिले कुकुरले संसद् भवन परिसरको चेकजाँच गर्छ । राष्ट्रपतिको सवारी हुँदा पनि सवारी हुनुअघि पहिले कुकुरले बाटो ‘क्लियर’ गर्छ । सत्यालका अनुसार कुकुरले ‘ओके’ नभनेसम्म संसद वैठक सुरु हुनेदेखि राष्ट्रपतिको सवारीसम्म हुँदैन । सत्यालका अनुसार नेपाल प्रहरीको कुकुरले अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई सुरक्षा दिएको छ । दर्जनौँ हत्याकाण्डदेखि, लागुऔषध र हतियार बरामदमा पनि कुकुरको अनुसन्धान बलियो देखिएको छ । 

कुकुरले पत्ता लगाएका चर्चित अनुसन्धान

\"\"
२०७२ मा आएको विनासकारी भुकम्पले पहिरोमा पुरिएका दर्जनौँलाई कुकुरले पत्ता लगाएको तालिम केन्द्रका प्रहरी अधिकारी बताउँछन् । २०७१ साल असोज १४ गते लमजुङको पिप्ले–४ ओडारेका एकै परिवारका चार जनाको हत्यारालाइ पनि नेपाल प्रहरीको कुकुरले पत्ता लगायो ।  
२०७२ वैशाख १५ मा सल्यानको छाँयाक्षेत्र–९ रानागाउँका २३ वर्षे सीता खाँण, साढे दुई वर्षकी उनकी छोरी पवित्रा र ११ महिनाकी सबिता र सीताकी बहिनी गीता घरभित्रै  मृत अवस्थामा फेला परेको घटनामा पनि नेपाल प्रहरीको कुकुरले हत्याराको पहिचान गरेको थियो । 
बाराका पत्रकार वीरेन्द्र साह २०६४ असोज १८ गते अपहरणमा परेका थिए । नेपाल प्रहरीको ‘ब्याकी’ नामक कुकुरले भैवानाका जंगलमा साहको शव गाडिएको अवस्थामा कात्तिक २२ गते पत्ता लगाएको थियो । 
२०७० साल माघ १० मा रसुवाको ब्राप्चेको पहिरोमा हराएका  सिभिल इन्जिनियर चेरव घिमिरेलाई रेस्क्यु र खुस्बु नामक कुकुरले पत्ता लगाएका थिए ।  २०५३ मा काठमाडौंको बुढानिलकण्ठमा आफ्नै देवरको छोरी ज्वाईले ६० वर्षे सासुको हत्या गरे । त्यो घटनाका अपराधीलाई कुकुरले सुँघेर पत्ता लगायो । 

\"\"
२०६८ माघ २५ गते भक्तपुरका २१ वर्षे राजकुमार टमठूको कंकाल ललितपुरको ढल्केश्वरमा गाडिएके अवस्थामा कुकुरले नै पत्ता लगाएको थियो । २०४० सालमा दोलखामा शोभा श्रेष्ठले आफ्नै काका र बहिनीको हत्या गरे । त्यो घटनाको हत्यारा पनि नानी नामको कुकुरले पत्ता लगायो । नेपाल प्रहरीका कुकुरले दर्जनौँ हत्याकाण्डका हत्यारा पत्ता लगाएको अनुभव छ डा. सत्यालसँग ।
यस्तै दर्जनौ लागु औषध कारोबारी र लागु औषधको पत्ता पनि लगाएको छ नेपाल प्रहरीको कुकुरले ।  २०६५ मै नयाँ बसपार्कको बिन्धबासिनी र सुप्रिम गेष्ट हाउसमा गाँजासहित तीन जनालाई कुकुरले पक्राउ गरेको थियो ।  लागु औषधको क्षेत्रमा पनि कुकुरले दर्जनौ अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेको छ । 

विदेशी उच्च भीभीआइपीको सुरक्षा

\"\"

२०७० सालमा पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको नेपाल भ्रमणका बेला लियो, मारियो र एक्सी कुकुरले सुरक्षा दिएका थिए ।  यस्तै २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पनि लियो, मारियो र एक्सले नै ‘स्नाफिङ’ गरेर सुरक्षा दिएका थिए । 

तस्बिर : सरिता खड्का 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC