site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारले बनाएको धरापमा परेर अर्काे एक नेपालीको ज्यान गयो । साइकलबाट दक्षिणकाली जान लागेका यात्रु कीर्तिपुरमा सरकारी कर्मचारीको हेलचेक्य्राइँका कारण अकालमा मरे । उनी मरे भन्नुभन्दा पनि मारिए भन्नु उपयुक्त होला । मंगालको बिर्को नलगाई खुला राखिएका कारण उनको ज्यान गयो । सम्बन्धित कर्मचारीले हेलचेक्य्राइँ गरेर मंगालको बिर्को नलगाउँदा कीर्तिपुरको दुर्घटना भएको हो । काठमाडौंका सडकमा यस्ता खुला धराप अनगिन्ती छन् । यसैले सानातिना दुर्घटना पनि भइरहेका हुन्छन् । तर, कीर्तिपुरको दmुखद दुर्घटनाले स्थिति निकै भयावह भएको संकेत गरेको छ । कारण, यो दुर्घटना भवितव्य नभई मानवीय लापरबाहीबाट हुन गएको हो । अर्थात्,  यो घटना सरकारी कर्मचारीको हेलचेक्य्राइँको भयावह उदाहरण हो ।  

कीर्तिपुर साइकल दुर्घटना यथार्थमा सरकारी हेलचेक्य्राइँको ऐना हो । काठमाडौं उपत्यकामा सरकारी लापरबाहीले बन्न पुगेका ज्यानै जानसक्ने जोखिमपूर्ण धरापहरू अनगिन्ती छन् । विकास निर्माणका काम गर्दा खाल्टा खन्ने वा पुर्ने गर्नुपर्छ । त्यस्ता ठाउँ जोखिमपूर्ण हुन्छन् । यसैले निर्माण कार्यमा संलग्न रहनेको मात्र हैन त्यसको वरपर आवागमन गर्ने मानिसहरूको समेत सुरक्षाका लागि सावधानी सूचक चिह्नलगायतका सुरक्षाका उपाय अपनाइन्छ भने लामो समयसम्म जोखिमपूर्ण अवस्था कायम रहन दिइँदैन । काठमाडौंमा भने निर्माणका नाममा भत्काउने र बिगार्ने कसैले पनि सुरक्षाको विषयमा खासै चासो राखेको देखिँदैन । सम्बन्धित कर्मचारीले अलिकतिमात्रै चासो राखेको भए कीर्तिपुरमा भएको दुःखद साइकल दुर्घटना हुने थिएन ।  

यस प्रकारका ज्यानमारा हेलचेक्य्राइँ नरोकिनुको मुख्य कारण दण्डहीनता हो । सडकमा खाल्डो खनेर धराप बनाउने र त्यसको रेखदेख गरेर सुरक्षाको उपाय अपनाउन नलगाउने कर्मचारीविरुद्ध क्षतिको प्रकृतिअनुसार मुद्दा चलाउने हो भने यस्तो हेलचेक्य्राइँ पक्कै कम हुनेछ । कीर्तिपुर दुर्घटनाका दोषी कर्मचारीमाथि सम्बन्धित निकायले कानुनी कारबाही गर्नुपर्छ । साथै, त्यस सडक र खानेपानीका सम्बन्धित कर्मचारीहरूमाथि पनि कारबाही गर्नुपर्छ । खाल्डो बनाएर छाड्ने कर्मचारी वा निर्माण व्यवसायीको नियत ज्यान लिने थिएन होला तर तिनैको असावधानीका कारण एक जनाको ज्यान गयो । अतः सरकारले आफ्ना मातहत अड्डाले थापेका ज्यानमारा धरापको तत्काल व्यवस्थापन गर्नुपर्छ । संकेत राख्ने, खाल्टो पुर्ने र निर्माण कार्यलाई गति दिने गर्न सरकारलाई अतिरिक्त बजेट वा जनशक्ति पक्कै चाहिँदैन । इच्छा शक्ति र असल नियत भए पुग्छ । ठूला कुरा छाडेर उपत्यकाका नगरपालिकाहरू आआफ्नो क्षेत्रका ज्यानमारा सरकारी धराप निमिट्यान्न पार्न लागून् ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC