site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दसैंका उपत्यका बाहिर जानेहरूको संख्या धेरै ठूलो थियो । भरपर्दो तथ्यांक उपलब्ध नभए पनि करिब २५ लाख जनसंख्या उपत्यकाबाहिर गएको अनुमान गरिएको छ । दसैं नजिकिँदै जाँदा सरकारले आवागमन सहज बनाउन विशेष प्रबन्ध गरेको थियो । विशेषगरी कलंकी – नागढुंगा – नौबीसे खण्डमा सवारीको चाप धेरै भएर आउन जान निकै कठिन हुन्थ्यो । तर, ठूला मालवाहक सवारी साधन चल्न नदिएर सडकमा ट्राफिक प्रहरीको व्यापक परिचालन गरेर यात्रा अपेक्षाकृत सहज बनाइएको थियो । यसका लागि यातायात व्यवस्था र ट्राफिक प्रहरीलाई यात्रुले धन्यवाद दिएका थिए । तर, कोजाग्रत पूर्णिमा सकिँदा नसकिँदै यात्रुको सुविधाका लागि गरिएका प्रबन्ध हटेको देखियो । फलस्वरूप, कलंकी – नौबीसे खण्डमा यात्रुले फेरि  सास्ती पाउन थालेका छन् । 

ट्राफिक प्रहरीको परिचालन र सवारी साधनको आवागमन व्यवस्थित गर्दा कलंकी – नौबीसे खण्डमा यात्रा अपेक्षाकृत सहज हुनेरहेछ । दसैंका बेलामा बढेको सवारी चापसमेत व्यवस्थापनबाट धानिएको देखियो । विशेषगरी ठूला मालवाहक सवारी साधनले सडकको मूल खण्ड नओट्नेबित्तिकै अरू यात्रुवाहक र साना मालवाहक सवारी नरोकिइ चल्न पाउँदा रहेछन् । त्यस्तै ट्राफिक प्रहरीको बाक्लो उपस्थितिले दसैंका बेला दुर्घटना कम भयो भने बीचमा सडक नियम मिचेर सडक जाम गराउने प्रवृत्ति पनि केही नियन्त्रित भएको थियो । बीच बाटामा बिग्रने थोत्रा सवारी साधन तह लगाउन पनि ट्राफिक प्रहरीको उपस्थितिले सहज भएको हुनुपर्छ । दुर्भाग्य, यात्रुको सुविधा र सुरक्षा बढ्ने यस्तो प्रबन्ध स्थायी हुनुपर्नेमा दसैंमा उपत्यकाबाहिर गएकाहरू नै सबै नफर्कँदासम्म पनि कायम रहेन ।  

पृथ्वी राजमार्ग नै ठूला मालवाहक सवारी चलाउने गरी बनाइएको हैन । अहिले यो बाटोमा चलाउन थालिएका आठ, दस, बाह्र पांग्रे मालवाहक ट्रक र कन्टेनर नौबीसे – नागढुंगा खण्डले मात्र हैन मुगलिङ – नौबीसे खण्डले समेत धान्न सक्तैन । मुगलिङबाट नौबीसेसम्म जसोतसो ताने पनि नौबीसेपछिको उकालोमा ती ठूला मालवाहक सवारी चल्न निकै मुस्किल भएको देखिन्छ । त्यसमाथि गिटी बालुवा बोक्ने ट्रिपरहरू थपिएपछि यात्रुवाहक सवारीका लागि बाटो बाँकी नै रहँदैन । अत्यन्त सुस्त गतिमा चल्ने टूला ट्रक र उत्ताउलो गतिको ट्रिपरको चेपमा पर्दा साना ठूला सबै यात्रुवाहक सवारी चलाउन कठिन एवं जोखिमी भएको देखिन्छ । ठूला यात्रुवाहक ट्रक र ट्रिपरहरूलाई रातिको समयमा मात्र चल्न दिने हो भने यही बाटामा पनि यात्रुवाहक सवारी सुरक्षित र सुविधाजनकरूपमा चलाउन सकिन्छ । यात्रुको सुरक्षा र सुविधा यातायात व्यवस्थापनको प्राथमिकता हुनुपर्छ । ठूला ट्रक एक रात काठमाडौं आउने र अर्को रात काठमाडौंबाट जाने गरी व्यवस्था मिलाएमा यात्रुवाहक तथा सामान्य मालवाहक ट्रकहरू सजिलै आवतजावत गर्न सक्नेछन् । दसैंका बेलामा जस्तो ठूला ट्रकलाई रोक्न नसक्ने हो भने तिनलाई आलोपालो एकतर्फी बनाएमा पृथ्वी राजमार्गको ट्राफिक व्यवस्थापन सहज हुनेछ । सरकारले अनुभव गरिसकेको यस व्यवस्थालाई दसैंपछि हटाउनुको तात्पर्य बुझ्न सकिँदैन । सरकारी सोच यात्रुलाई सास्ती नै दिनुपर्छ भन्ने त होइन होला नि !      

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०७५  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC