अर्थ व्यवसाय

अब मिस्डसकल बैंकिङ सेवा, ग्लोबल आइएमई बैंकबाट सेवा लिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाउपलब्ध गराउने उद्देश्यले मिसकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जसअन्र्तगत ग्राहकले बैंकले उपलब्ध गराएका विभिन्न मोबाईल नम्बरमा मिस्डकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सक्नेछन् । 

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकले उपभोग गर्न मिल्छ ।

यो सेवाअन्र्तगत मिस्डकल दिन सक्ने नम्बर यसप्रकार रहेका छन् ।

आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४,
खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५,
आफ्नो मोबाइलमा रु. १०० टपअप गर्न ९८०१२३१२९६,
क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७,
आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८

बैंकले प्रदान गर्ने विभिन्न कर्जाको बारेमा जानकारी लिन ९८०१२३१२९९

ग्राहकले उल्लेखितफोन नम्बरमा डायल गरेपछि उक्त नम्बरमा १ घण्टी जाने र आफैं फोन काटिने व्यवस्था मिलाइएको छ ।
त्यसपश्चात् बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेजमार्फत् पठाउनेछ ।
 

तपाईंको मत