अर्थ व्यवसाय

उपभोक्ता ठगी गरेको भन्दै पिनट्स सपिङ सेन्टरमा सिलबन्दी

उपभोक्ता ठगी गरेको भन्दै पिनट्स सपिङ सेन्टरमा सिलबन्दी

काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको पिनट्स सपिङ सेन्टरमा वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलबन्दी गरेको छ ।  अधिक मूल्य लिएर उपभोक्तालाई ठगी गरेको भन्दै सपिङमा सिलबन्दी गरिएको हो । अनुगमनको क्रममा तीनसय प्रतिशतसम्म बढी मूल्य लिएको पाइएपछि सिल गरिएको वाणिज्य विभागले जनाएको छ ।

ब्रान्डेड सामान भन्दै उपभोक्ता ठगी गरेको पाइएको विभागले जनाएको छ । नजिकिँदो चाडबाडलाई लक्षित गर्दै सरकारले बजार अनुगमनलाई तीव्रता दिने क्रममा पिनट्मा पनि अनुगमन गरेको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को शुल्क लिइ ठगी गरेको भन्दै न्यूरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी गरेको छ । अनुगनका क्रममा सेन्टरले उपभोक्तासँग ३०० प्रतिशतसम्म शुल्क असुल गरेको पाइएको विभागका महानिर्देश योगेन्द्र गौचनले जानकारी दिए ।
उनले भने, “अनुगमनका क्रममा व्यापारीले कपडा बिक्री गर्दा परल मूल्यभन्दा २०० देखि ३०० प्रतिशतसम्म बढी लिइएको पाइयो । अत्यधिक नाफा राखेर बिक्री गरेको पाइएपछि सेन्टरमा सिलबन्दी गरेका हौँ ।”

विभागले अनुसन्धान अधिकृतको संयोजकत्वमा एक समिति बनाएर उक्त सेन्टरका सञ्चालकसँग बयान लिने र छानबिन गर्ने तयारीसमेत गरेको छ । कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार ती व्यापारीलाई कारवाही हुने विभागले जनाएको छ । 

तपाईंको मत