site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कति कमाउला ‘छक्का पञ्जा–३’ ले ? पहिलोको कमाइ १६ करोड, दोस्रोको १५ करोड
Sarbottam CementSarbottam Cement

काठमाडौं । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा–३’ आज (बुधबार)बाट रिलिज भएको छ । मल्टिप्लेक्समा ८० भन्दा धेरै शो पाएको चलचित्र आजबाट अल नेपाल रिलिज भएको हो । “काठमाडौंमा ८० भन्दा धेरै मल्टिप्लेक्समा शो पाएको छ,” कलाकार दीपकराज गिरीले भने, “अल नेपाल २ सयभन्दा धेरै हलमा रिलिज भएको छ ।”

मल्टिस्टारर चलचित्रले सोलो रिलिजका कारण पनि धेरै शो पाएको हो । दसैंको छेको पारेर रिलिज भएको ‘छक्का पञ्जा–३’ सँग रिलिज मिति जुधाउन कुनै पनि चलचित्र आएनन् । अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’ पनि आजैबाट प्रदर्शनमा आउने हल्ला गरिए पनि प्रदर्शनमा आएन । यी दुवै चलचित्रले आपसी सहमतिमा मिति नजुधाएका हुन् । अशोक शर्मा फूलपातीका दिन ‘जय भोले’ रिलिज गर्न सहमत भएपछि ‘छक्का पञ्जा–३’ ले सोलो रिलिजको मौका पाएको हो । दुवै चलचित्र फूलपातीको दिन आउने भन्दै शुरुदेखि नै मिडिया प्रचारबाजीमा लागे पनि रिजिल डेट लक गरिनसकेका कारण पब्लिसिटीमा हिँडेका थिएनन् । अन्तिम समयमा दुवै छुट्टाछुट्टै मितिमा रिलिज हुन सहमत भएपछि आ–आफ्नो प्रचारमा निस्किएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

‘छक्का पञ्जा–३’ लाई क्यूएफएक्सले ३० शो दिएको छ । गत वर्ष ‘छक्का पञ्जा–२’ ले क्यूएफएक्समा २६ शो पाएको थियो । यस्तै वीएसआर मुभिज, क्यूज सिनेमा,  सीडीसी सिनेमा, विग मुभिज, र एफक्यूबले १०–१० भन्दा बढी शो दिएका छन् । 

सोमबारबाट बुकिङ खुला गरिएको चलचित्रको पहिलो दिनको अधिकांश शो  बुकिङ भएका थिए । मल्टिप्लेक्समा पाएको शो र सिंगल रिलिजका कारण ‘छक्का पञ्जा–३’ ले इनिसियल आक्रामक व्यापार गर्ने निर्माण पक्षको दाबी छ । निर्देशक दीपाश्री निरौलाले यति धेरै शो पाउनुलाई ऐतिहासिक भनेकी छन् । 

Global Ime bank

अहिले पाएको शो चलचित्र कमजोर भएको खण्डमा भने फूलपातीका दिन रिलिज हुने ‘जय भोले’ले खोस्ने छ । ‘जय भोले’बाट १२ वर्षपछि निर्देशक तथा निर्माता अशोक शर्मा पुनः निर्देशनमा फर्किएका हुन् । यो बीचको समय उनी नेपाली चलचित्रलाई डिजिटलाइजेशन गर्नमा केन्द्रित भएका थिए । नेपालमा डिजिटल सिनेमा नेटवर्क भित्र्याउन अशोकको ठूलो योगदान छ । ‘जय भोले’को कथा खगेन्द्र लामिछानेले लेखेका हुन् भने मुख्य अभिनयमा पनि उनै छन् । 

‘छक्का पञ्जा’ले १६ करोड ग्रस कलेक्सन गरेको थियो भने ‘छक्का पञ्जा–२’ले १५ करोड ग्रस कलेक्सन गरेको थियो । कथादेखि अभिनयमा दीपक सहभागी भएको गत वर्षको चैत २४ गते रिलिज भएको चलचित्र ‘शत्रु गते’ले पनि १० करोडभन्दा माथि कलेक्सन गरेको थियो । ०७५ मा भने कुनै पनि चलचित्रले उल्लेख्य व्यापार गर्न सकेका छैनन् । यसपटक भने काठमाडौंका केही मल्टिप्लेक्समा बक्स अफिस लागिसकेको छ । जसका कारण चलचित्रको कलेक्सन उच्च रहेको दाबी गर्ने निर्माता तथा निर्देशकले हल्ला मात्रै पुष्टि भइसकेको छ । ‘छक्का पञ्जा–३’ बक्स अफिसमा कस्तो रहन्छ त्यो भने हेर्न बाँकी नै छ ।  

‘कमेडी विथ कन्टेन्ट’ भनेर प्रचार गरिएको ‘छक्का पञ्जा–३’ ले पढ्नका लागि विदेशिने विद्यार्थीको कथा उठान गरेको छ । यसअघिका दुईटा सिरिजमा ‘छक्का पञ्जा’ युनिटले गम्भीर विषयलाई सस्तो रुपमा उठान गरेको आरोप लाग्दै आएको छ । दीपकराज गिरीले कथा लखेको चलचित्रमा दीपकसँगै दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला लगायतका कलाकारले अभिनय गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement