site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  यु–१८ महिला साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल बंगलादेशसँग खेल्दैछ ।  भुटानको राजधानी थिम्पुस्थित चालिमिथाङ रंगशालामा उपाधि भिडन्त बेलुका ७ बजे सुरु हुनेछ । दुबै टोली एकै समूहबाट विजेता र उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।

सेमिफाइनलमा नेपालले भारतलाई टाइबे्रकरमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । जसमा नेपाली गोलरक्षक अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भारतका २ पेनाल्टी प्रहार रोकेकी थिइन् । बंगलादेशले भने आयोजक भुटानविरुद्ध ४–० जित निकाल्दै फाइनलमा नेपालसँगको भेट तय गरेको थियो । प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी बंगलादेशले यसअघि समूह चरणमा नेपाललाई २–१ ले पराजित गरेको थियो । नेपाल आज समूह चरणमा बंगलादेशसँग बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने रणनीतिमा छ ।

यता समूह चरणमा नेपाललाई हराइसकेकाले बंगलादेश उच्च मनोबलमा रहनेछ । अपराजित रहेको बंगलादेशविरुद्ध जित निकाल्न समूह चरणको खेलमा गरेको कमजोरीलाई सुधार्ने प्रशिक्षक हरीओम श्रेष्ठले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  ०९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC