site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोटेश्वरका पोलपोलमा मेयर बालेनको फोटो : के हो लफडा, हट्यो कसरी ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । अहिले सामाजिक सञ्जालमा कोटेश्वर क्षेत्रको सडकका पोलमा मेयर बालेन शाहको फोटो राखिएको पोस्टरको चर्चा भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले बालेनले पोलपोलमा आफ्नो फोटो झुन्डाएको भन्दै आलोचना गरिरहेका छन् ।

तर, कोटेश्वर क्षेत्रका पोलमा मेयर बालेनले आफ्नो फोटो राख्न लगाएका होइनन् । कोटेश्वर महोत्सवको ‘पोस्टर ब्वाई’का रूपमा मेयर बालेनको फोटो राखिएको हो ।

कोटेश्वर व्यवसायी संघले १२ र १३ पुसमा तीनकुने चौरमा कोटेश्वर महोत्सव आयोजना गर्दै छ । महोत्सवमा प्रमुख अतिथिका रूपमा संघले मेयर बालेनलाई निमन्त्रणा पठायो । बालेनले पनि महोत्सवमा आफू आउने बताए । मेयर बालेनले नै महोत्सवमा आउने बताएपछि व्यवसायी संघले मेयरको फोटो राखेर महोत्सवको प्रचार गर्‍यो ।

महोत्सव आयोजक कोटेश्वर व्यवसायी संघका महासचिव अर्जुन बस्नेत भन्छन्, “हामीले पहिलोपटक गर्न लागेको महोत्सवमा मेयरज्यूले आउँछु भनेपछि हामीले खुसी भएर महोत्सवको प्रचार गर्न उहाँको फोटो राखेका हौँ ।”

उनका अनुसार, संघले ९ पुसको बिहानपख कोटेश्वर क्षेत्रको सडकका पोलमा मेयर बालेनको फोटोसहितको पोस्टर राख्यो । पोलपोलमा आफ्नो फोटोसहितको पोस्टर झुन्ड्याइएको थाहा पाएपछि बालेनले नै फोन गरेर तुरुन्तै पोस्टर हटाउन भने ।

“मेयरज्यूले नै मलाई राजा नबनाउनू भन्दै आफ्नो फोटा तत्काल हटाउन भन्नुभयो,” बस्नेत भन्छन्, “त्यसपछि हामी हटाउने तयारी गर्दै थियौँ, महानगरको प्रहरी नै आएर साँझपट पोस्टर हटाए ।”

Poster-1735199148.jpg

महोत्सव आयोजक कोटेश्वर व्यवसायी संघका अध्यक्ष गोरखबहादुर थापा पनि आफूहरूले राम्रो उद्देश्यका लागि मेयरको फोटो राखेको बताउँछन् । उनी भन्छन्, “पहिलोपटकको हुटहुटी हो, मेयरज्यू प्रमुख अथितिका रूपमा आउनुहुन्छ भनेर राखेका हौँ । तर, अब उहाँ (मेयर बालेन)लै नै हटाउन लगाउनुभयो ।”

सडकका पोलबाट बालेनको फोटो रखिएको पोस्टर हटाए पनि बालेनको फोटो राखिएको डिजिटल पोस्टर भने समाजिक सञ्जालभरि छ्यापछ्यापती छ ।

बालेनको सचिवालयका अुनसार, मेयरको फोटो राखेर प्रचार गरिएपछि तुरुन्तै ती प्रचार सामग्री हटाउन लगाइएको बताउँछ । प्रचार सामग्रीमा मेयरका फोटो राखेर चाप्लुसी गर्न खोजिएको मेयर बालेनको बुझाइ छ ।

प्रचार सामग्रीमा बालेनको फोटो राखेर विवाद भइसकेपछि अब कोटेश्वर महोत्सवमा मेयर बालेन जान्छन् त ?

“हामीले प्रमुख अतिथिका रूपमा आउन आग्रह गरेर पत्र पठाइसकेका छौँ । उहाँले पहिला त आउँछु भनेर प्रतिबद्धता जनाइसक्नुभएको छ,” कोटेश्वर व्यवसायी संघका महासचिव बस्नेत भन्छन् ।

यता मेयर बालेनको सचिवालय भने महोत्सवमा सहभागी हुन मेयर जाने कि नजाने भनेर अझै तय भइनसकेको बताउँछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro