site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एफवानसफ्टको खाताबाट तीन करोड रुपैयाँ ह्याक गरेर चोरियो कि ठगी भयो ?

काठमाडौं । डिजिटल फाइनान्स सेवा प्रदान गर्दै आएको कम्पनी एफवानसफ्टको बैंक खाताबाट रकम चोरी भएको विषयमा अनुसन्धान जारी छ । करिब दुई महिनाअघि एफवानसफ्टको बैंक खाताबाट रकम चोरी भएको थियो ।

कम्पनीको सिटिजन्स बैंकमा रहेको खाताबाट तीन करोड रुपैयाँभन्दा बढी रकम चोरी भएको थियो । त्यस विषयमा एफवानसफ्टले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको थियो । उजुरीपछि ब्युरोले अनुसन्धान थालेको थियो ।

अनुसन्धान जारी रहेको भए पनि अहिलेसम्म टुंगोमा पुगेको छैन । साइबर ब्युरोले यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ ।

Dabur Nepal

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी एसपी दीपकराज अवस्थीले यो विषय अनुसन्धानकै क्रममा रहेको बताए । “एफवानसफ्टको खाताबाट रकम बाहिरिएको विषयमा अनुसन्धान जारी छ, अहिलेसम्म टुंगोमा पुगिसकेको छैन,” प्रवक्ता अवस्थीले भने ।

अनुसन्धान टुंगो लागेपछि मात्रै यो घटना बैंकको सिस्टम ह्याक भएर भएको हो वा अरू कुनै कारणले भएको हो भन्ने विषय पुष्टि हुने उनको भनाइ छ । कम्पनीले गुमाएको रकम कति हो भन्ने पनि अहिले यकिन भन्न नसकिने उनले बताएका छन् ।

एफवानसफ्टको सिटिजन्स बैंकमा रहेको खाताबाट रकमान्तर भएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले बताएका छन् । उक्त रकम बैंकको सिस्टम ह्याक नभएर खातामा अनधिकृत पहुँच पाएका व्यक्तिबाट अन्त ट्रान्सफर गरिएको उनको भनाइ छ ।

“सिस्टम ह्याक भएर वा ह्याकरले नभएर एफवानसफ्टको अकाउन्टको अनाधिकृत पहुँच पाएको व्यक्तिबाट उक्त रकमान्तर भएको ठानिएको छ,” बैंकका प्रवक्ता अधिकारीले भने ।

अनुसन्धान भइसकेपछि यस विषयमा थप थाहा हुने उनले बताए । बैंकको सबै सिस्टम सुरक्षित रहेको उनले बताएका छन् ।

एफवानसफ्टले साइबर ब्युरोमा उजुरी दिए पनि यस विषयमा आधिकारिकरूपमा थप जानकारी सार्वजनिक गरेको छैन ।

नेपालका बढी जसो बैंकको अनलाइन एवं इन्टरनेट बैंकको सिस्टम एफवानसफ्टले नै उपलब्ध गराएको छ ।कम्पनीले विगत २० वर्षदेखि ६९ वटा बैंक तथा वित्तीय संस्थालाई डिजिटल फाइनान्सियल सर्भिस (डीएफएस) दिइरहेको बताएको छ ।

नेपालकै पहिलो अनलाइन पेमेन्ट गेटवे एवं डिजिटल वालेटसमेत सञ्चालनमा ल्याएको बताउने एफवानसफ्टको खाताबाट रकम ह्याक भएर बाहिरिएको हो वा ठगी भएको हो भन्ने अनुसन्धान टुंगिएपछि मात्रै थाहा हुने साइबर ब्युरोले जनाएको छ ।

क्यूआरमार्फत भुक्तानी सेवासमेत सञ्चालनमा राखेको एफवानसफ्ट ग्रुपअन्तर्गत ईसेवा, फोनपे, फोनलन, लजिकालगायत वित्तीय एवं इन्टरनेट कम्पनी सञ्चालनमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro