site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हुन्डाईको आयोनिक ५ ईभीले गर्‍यो धेरै उचाइको विश्व कीर्तिमानी सडक यात्रा

काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक ५ विद्युतीय गाडी (ईभी)ले विश्व कीर्तिमानी राख्न सबैभन्दा धेरै उचाइ परिवर्तन हुने सडकमा यात्रा गरेको छ । यो कीर्तिमानीको प्रयास हुन्डाई मोटर इन्डिया लिमिटेडले आयोजना गरेको थियो ।

यसका लागि आयोनिक ५ ले सबैभन्दा धेरै उचाइमा रहेको ड्राइभ गर्न सकिने विन्दु पाँच हजार ८०२ मिटरको उचाइसम्मको यात्रा गरेको हो । यो यात्रा भारतको लेलद्दाखस्थित समुद्री सतहभन्दा पाँच हजार ७९९ मिटर अग्लो उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको कम्पनीले जनाएको छ ।

चार हजार ९०० किलोमिटरको सहज र जटिलतासहितको यो यात्रा १४ दिनमा पूरा गरेको कम्पनीले बताएको छ । यसले गाडीको रेजिलेन्स, अत्याधुनिक प्रविधि र पर्फमेन्सको अब्बलता झल्काएको कम्पनीको विश्वास छ ।

आयोनिक ५ ईभीले जटिल वातावरणमा नेभिगेट गर्नसक्ने, हिमालयको चिसो तापक्रम, पहाडी बाटो र केरलाको आद्रतासहितको तटीय क्षेत्रमा यात्रा, हिमालयको चिसो तापक्रम र ठाडो पहाडी पासदेखि आद्रता भएको केरलाको तटीय क्षेत्रसम्मको यात्रा गरेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro