site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वुमन्स च्यालेन्जर कप टी–२० क्रिकेट : अकला र विन्ध्यवासिनी विजयी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । पोखरामा बुधबारबाट दोस्रो संस्करणको वुमन्स च्यालेन्जर कप टी–२० क्रिकेट प्रतियोगिता सुुरु भएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा  भएको खेलमा पहिलो दिन टिम अकला र टिम विन्ध्यवासिनीले जित हासिल गरे । 

प्रतियोगिताको उद्घाटन खेलमा टिम अकलाले टिम बाराहीमाथि १० विकेटको जित हासिल गर्‍यो । ९८ रनको विजयी लक्ष्य पाएको टिम अकलाले ९.४ ओभरमा पूरा गर्‍यो । ओपनर सिर्जना पौडेलले ३९ बलमा सर्वाधिक ४६ रनको योगदान दिइन् । सुुस्मिता श्रेष्ठले २९ बलमा १४ रन बनाउँदै अविजित रहिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसअघि टस जितेर ब्याटिङ थालेको बाराहीले १९.१ ओभरमा ९७ बनाउँदा अलआउट हुन पुुग्यो । बाराहीका लागि रिया तामाङले २६ बलमा २४ रन बनाउँदै नटआउट रहिन् । यस्तै, रिया गुरुङले ११ रन जोडिन् । अकलाका लागि सिर्जना पौडेलले ३.१ ओभरमा १३ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । सुशीला डिमडोङले १ विकेट लिइन् । सिर्जना खेलको प्लेयर अफ दी म्याच घोषित भइन् ।

दोस्रो खेलमा विन्ध्यवासिनीले भद्रकालीलाई १ विकेटले हरायो । ८४ रनको विजयी लक्ष्य पाएको विन्ध्यवासिनीले १८.२ ओभरमा ९ विकेट गुमाउँदै जित हासिल गर्‍यो । खेलको प्लयेर अफ दी म्याच विन्ध्यवासिनीकी चन्द्रमाया बराल घोषित भइन् । उनले ४ विकेट लिइन भने ५ रन जोडिन् । त्यसअघि टस जितेर ब्याटिङ थालेको भद्रकालीले १९.२ ओभरमा ८३ रन बनाउँदै अलआउट हुन पुग्यो ।

Royal Enfield Island Ad

उद्घाटन सत्रमा कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दीपेन्द्र चन्दले खेलाडीलाई आफ्नो खेल कौशल देखाउन आग्रह गरे । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल समेत भएकाले छनोट हुने गरी प्रदर्शन गर्न उनले आग्रह गरे । 

तीन दिनसम्म चल्ने प्रतियोगितामा कास्कीबाट छनोट भएका खेलाडीले प्रदेशको छनोट खेल्नेछ । राष्ट्रिय क्रिकेट टिमका लागि पहिलो खुड्किलो भएकाले मिहिनतका साथ खेल्न उनले आग्रह गरे । 

प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ । दुई दिन खुल्ला क्याम्प राखेर चार टिम बनाइएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro