site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् ।

बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप–२९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भए पनि हाल नेपालमा ३०० भन्दा बढी बाघ रहेको बताए ।

अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरूलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जंगल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्यांकन र सम्मान हुन नसके अरु देशका लागि जंगलको संरक्षण गर्न नसक्ने बताए । नेपाललाई ४७ प्रतिशत जंगल राखेको सम्मान र कदर नगरे ३० प्रतिशत मात्रै जंगल राख्ने र बाँकी भूभागमा अन्न उब्जाएर खाने उल्लेख गरे । नेपालको अरुले चिन्ता नगर्ने तर नेपालले अरुको चिन्ता गरिरहनुपर्छ भन्ने नरहेको उनको भनाइ थियो ।

यस्तो छ प्रधानमन्त्री ओलीको भनाइ–
अरुले ३० प्रतिशत जंगल राख्छ, हामीले भोकै बसेर ४७ राख्या छौँ, रेस्पेक्ट हुनुपर्दैन हाम्रो कन्ससनेसप्रति । हामीले भनिदिनुपर्छ दुनियाँलाई होइन भने हामी पनि ३० प्रतिशत राख्छौँ । बाँकी धान, गहुँ फलाउँछौँ, मज्जाले खाएर बस्छौँ । हामीलाई ३० प्रतिशत जंगलले श्वास फेर्न पुग्छ, अरुले हाम्रो चिन्ता नगर्ने हामीले मात्रै अरुको चिन्ता गर्नुपर्ने ? भनिदिनुपर्छ । हामी २००९ मा कोपनेगेन की कहाँ थियो बाघ सम्मेलन, त्यहाँ गयौँ । हामीसँग बाघ थिए ११० वटा की कति थिए । डबल गर्ने भनेर हामीले १० वर्षमा डबल गर्ने भन्यौँ । २०१९, २०२० तिर पुग्दा डबल बाघ चाहिन्थ्यो, २०१८ मा हामीसँग अढाइ सयभन्दा बढी बाघ भइसके । अहिले साढे तीन सयभन्दा बढी बाघ छन् । जंगलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ की भनेर हिँड्नुपर्छ । हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ । उपहार दिऔँ, हाम्रा मित्रहरूलाई । कोही बाज, कोही मयुर पालेका हुन्छन्, त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प । विभिन्न देशलाई उपहार दिऔँ बाघ, खोर समेतै दिनुपर्छ भनेनी दिऔँ । तर जति भन्यो त्यति बाघ बढाउने भन्ने हुँदैन, कति लिमिट हो हाम्रो, हाम्रो वनको क्षमता त्यहीअनुसार जानुपर्छ । मान्छे खुवाएर बाघ पाल्न सकिँदैन । त्यो गल्ती गर्नु हुँदैन । मान्छे खुवाएर बाघ पाल्ने ? अलिअलि खान्छ नि बाघ भएपछि भन्ने त्यस्तो हुँदैन । आफूलाई खायो भने के हुन्छ ? त्यो हेर्नुपर्‍यो नि ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro