site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण आगामी माग १६ र १७ गते हुने भएको छ । पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यले यूएस नेपाल क्लाइम्बर एसोसिएसन र नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको आज बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यूएस नेपाल क्लाइम्बर एसोसिएसनका संस्थापक अध्यक्ष जाङ्बु शेर्पाले पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेन्जिङ नोर्गे शेर्पाका नाममा उक्त प्रतियोगिता गर्न लागिएको बताए । उनले प्रतियोगिताले आरोहण क्षेत्रमा रूचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अध्यक्ष शेर्पाले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले नेपालमा दोस्रो एडिसनको प्रतियोगिताले साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । 

क्वाली राउन्डका लागि उपयुक्त ठाउँ छिट्टै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर केन्द्रमा गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता दुई चरणमा हुनेछन् । पहिलो दिन क्वाली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिनेछ । सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागिता जनाउन सक्नेछन् ।
     
कार्यक्रमले प्रतिस्पर्धा मात्र नभई आरोहण संस्कृति, सौहाद्र्रता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाले बताए । 
     
प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । 

Royal Enfield Island Ad

यसपटकको प्रतियोगितामा पुरुषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउनेछन् । 

त्यसैगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला र पुरुषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro