site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसम पूर्वानुमान महाशाखाले जारी गर्‍यो विशेष बुलेटिन

काठमाडौं । न्यून चापीय प्रणालीका कारण भोलि (शुक्रबार) साँझबाट नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार विशेष बुलेटिन जारी गरेको महाशाखाले न्यून चापीय प्रणालीको असरले चिसो बढ्न सक्ने जनाएको छ ।

मशाखाका अनुसार, शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा हिमपातको सम्भावना छ । गण्डकी प्रदेश, वाग्मती प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

साथै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, वाग्मती प्रदेश, मधेश प्रदेश र कोसी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन आग्रह गरेको छ ।

Mausam-1735215175.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro