site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राष्ट्रिय महिला क्रिकेटमा एपीएफ र पूर्वाञ्चलको बिजय सुरुआत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरीको (एपीएफ) क्लब र पूर्वाञ्चलले राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिबारबाट सुरु प्रतियोगिताको पहिलो दिन एपीएफले मध्यमाञ्चललाई तथा पूर्वाञ्चलले पश्चिमाञ्चललाई पराजित गर्दै विजय सुरुआत गरेको हो ।
 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एपीएफले मध्यमाञ्चलमाथि ६ विकेटको जित निकाल्यो । वर्षाका कारण १६ ओभरमा छोट्याइएको खेलमा एपिएफले ४० रनको झिनो लक्ष्य पाएको थियो । मध्यमाञ्चलले दिएको ४० रनको झिनो लक्ष्य एपीएफले ८ ओभर १ बलमा मात्र चार विकेट गुमाएर पूरा ग¥यो । एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक १६ रनको योगदान दिइन् । यस्तै विनु बुढामगर ९ तथा  रितु कानोजिया ८ रनमा अविजित रहे । सरिता मगर दुई तथा सीता रानामगर एक रनमै पभेलियन फर्कदा प्यारी चौधरीले रनको खाता खोल्न सकिनन् । मध्यमाञ्चलका रोजी कडारीले दुई तथा अस्मिना कर्माचार्यले एक विकेट हात पारिन् ।
 
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित १६ ओभरमा ८ विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो । उसका लागि शोभा आलेले १२ तथा शारदा वाग्लेले १० रन जोड्नुबाहेक अन्य ब्याट्सवुमनले राम्रो प्रदर्शन गर्न सकेनन् । रचना अर्याल चार रनमा अविजित रहँदा सीता श्रेष्ठ तीन तथा अस्मिना कर्माचार्य दुई रनमै पभेलियन फर्किइन् । तीन ब्याट्सवुमन समान एक–एक रनमा आउट भइन् । मध्यमाञ्चललाई सस्तैमा समेट्ने क्रममा एपिएफका निरा राजोपाध्यय, सरिता मगर र करुणा भण्डारीले समान २–२ विकेट लिइन् ।
 
यस्तै शनिबारै भएको दोस्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत ग¥यो । पश्चिमाञ्चलले दिएको ३९ रनको झिनो लक्ष्य पूर्वाञ्चलले ८ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । पूर्वाञ्चलको जितमा काजोल श्रेष्ठले २१ रनको अविजित पारी खेलिन् । यस्तै रश्मी शर्मा पनि १३ रनमै अविजित रहिन् । यसका अनुराधा चौधरी दुई रनमा सीमा थापाको बलमा क्याच आउट भएकी थिइन् ।
 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पश्चिमाञ्चलले १८.२ ओभरमा सबै विकेट गुमाएर ३८ रनमात्र जोड्न सक्यो । ओपनर वर्षा रानाले १६ रनको पारी खेलेपनि अन्य ब्याट्सवुमनले राम्रो प्रदर्शन गर्न नसक्ला टिमलाई फराकिलो रनमा डो¥याउन सकेनन् । सरिता पुन ११ रनमा आउट भईन् । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पूर्वाञ्चलका सन्तोषी चौधरीले चार विकेट हात पारिन् । रुविना क्षेत्री र कविता गौतमले समान २–२ विकेट लिदा सरस्वती चौधरीले एक विकेट हात पारिन् ।
 
टि–२० फम्र्याटमा सञ्चालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र सशस्त्र प्रहरी बल(एपीएफ) को महिला टोली सहित ६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा सहभागी टोलीलाई दूई समूहमा टिम बिभाजन गरि लिगका आधारमा खेलाइने छ । शीर्ष दुई टिम फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
 
सिनियर महिला क्रिकेटको इतिहासमै पहिलो पटक बिजेता टिमले नगद १ लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सवूमन, उत्कृष्ट बलर, उदयमान खेलाडी आदि बिधामा पनि पुरस्कृत गरिनेछ ।
 
प्रतियोगितालाई आईसीसी महिला विश्वकप छनोट २०१६ को लागि खेलाडी छनोटको रुपमा हेरिएको छ । प्रतियोगिताबाट २४ उत्कृष्ट खेलाडी छनोट गरी साउनको अन्तिमबाट बन्द प्रशिक्षणमा राखिने राखेपले जनाएको छ । खेलाडी छनोट नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, श्यामसन जंग थापा, सुदिप पौडेल, अरुण अर्याल र विनायक पोखरेल रहेका छन् । तर, विश्वकप छनोटका लागि १४ सदस्यीय टोली भने अन्तर्राष्ट्रिय क्रिकेट परिसद आईसीसीका प्रतिनिधीसहितको छनोट समितिले गर्ने राखेपले जनाएको छ ।
 
इंग्ल्यान्डमा अर्को वर्ष हुने आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले हङकङ, चीन र थाइल्याण्डसंँग प्रतिस्पर्धा गर्नेछ । नेपाल सम्मलित एसियाली छनोटको आयोजना हङकङमा आगामी अक्टोबरमा हुनेछ । एसियाली छनौटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले राउन्ड रोबिनका आधारमा खेल्नेछन् । आईसीसीले छनोट खेल अक्टोबर ९ देखि १५ मा हुने जनाएको छ । 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC