site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्वकै तेस्रो धनीमा जेफले बफेटलाई उछिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
वासिङटन । विश्वकै तेस्रो धनीमा अमेजनका संस्थापक जेफ बेजोसले वारेन बफेटलाई उछिनेको ब्लुमबर्गको बिलिनियर इन्डेकसले जनाएको छ । ब्लुमबर्गको सूचीमा जेफको सम्पत्ति बफेटको ६५ अर्ब डलर भन्दा बढी देखिएको छ । जेफ भन्दा माथि बिल गेट्स र अमान्सियो ओर्टेगा मात्रै छन् ।
यद्यपि बेजोसको सम्पत्तिमा पनि १३ करोड ६० लाख डलरले कमी आएको छ । अमेजनको सेयरमा आएको ०.२ प्रतिशतको गिरावटसँगै उनको सम्पत्तिमा पनि कमी आएको हो । 
बफेटको सम्पत्तिमा पनि ७५ करोड ४० लाख डलरले कमी आएको सूचकांकले देखाएको छ । बर्कशायर हाथवेको सेयर मूल्यमा आएको १.२ प्रतिशतको गिरावटले उनको सम्पत्तिमा कमी आएको हो । तर, फोब्र्सका अनुसार बेजोस अझैपनि बफेट भन्दा तल छन् । फोब्र्सका अनुसार बफेटको सम्पत्ति ६४.८ अर्ब डलर छ भने बेजोसको ६४.६ अर्ब डलर छ ।
फोब्र्सले यो वर्षको वर्गिकरण सुरु गर्दाको समयमा बफेट भन्दा धेरै पछाडि रहेका थिए । उनी ४५.२ अर्ब डलरको सम्पत्ति सहित ५ औं स्थानमा थिए । यो वर्ष अमेजनको सेयर १० प्रतिशतले उकालो लागिसकेको छ । यो महिना फर्मको सेयर कीर्तिमानी उच्च कायम भएको छ । एजेन्सी
 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC