विदेश
रसिया । रसियाको याकुतिया क्षेत्रमाअवस्थित एक भवनमा भएको आगलागी हुँदा तिन बालबालिकाको मृत्यु भएको छ ।
यस समाचारको पुष्टि रसियाली राज्य आगलागी नियन्त्रण सेवाले शुक्रबार गरेको छ । उक्त भवनमा भएको आगलागीमा दुइ बालिका र एक बालकको मृत्यु भएको जनाइएको छ ।
ती बालबालिकाका आमाले उनीहरुलाई घरमा बन्दगरी एक बैंकमा गएको अवस्थामा सो आगलागी भएको बताइएको छ ।
उक्त आगलागी ५१ स्वायर मिटर क्षेत्रमा फैलिएको आगलागी नियन्त्रण सेवाका अधिकारीहरुले जानकारी दिएका छन् ।
यस आगलागीको कारण अझै पत्ता नलागेको र अनुसन्धानरत रहेको बताइएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३ १७:१६
प्रतिक्रिया दिनुहोस्