खेल
एजेन्सी, मड्रिड । भ्यालेन्सियाका मिडफिल्डर आन्द्रे गोमेज स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनामा अनुबन्धित भएका छन् ।
गोमेजलाई बार्सिलोनाले ४ करोड ५० लाख पाउण्ड भन्दा धेरैमा अनुबन्ध गरेको बिबिसीले जनाएको छ । तर, अर्को हप्ता मात्र बार्सिलोना र गोमेजबीच सम्झौता पत्रमा हस्ताक्षर हुने बार्सिलोनाले जनाएको छ । फ्रान्समा सम्पन्न युरोकपको उपाधि पोर्चुगलले जित्दा गोमेजले उत्कृष्ट भूमिका खेलेका थिए । पोर्चुगलका गोमेजले फ्रान्समा भएको युरोकप २०१६ मा पाँच खेल खेलेका थिए ।
यसअघि गोमेजलाई क्लबमा आबद्ध गर्न स्पेनिस जाइन्ट रियल मड्रिड पनि लागिपरेको थियो । २२ बर्षिय गोमेजले भ्यालेन्सियामा दुई सिजनको ७७ खेलमा ९ गोल गरे । गोमेज भ्यालेन्सिया आउनअघि पोर्चुगिज क्लब बेन्फिकाबाट ब्यबसायीक फुटबल खेल्थे ।
प्रकाशित मिति: शुक्रबार, साउन ७, २०७३ ०७:५९
प्रतिक्रिया दिनुहोस्