site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लर्ड्समा जित हासिल गरेको नेपाली टोली बिहीबार स्वदेश फर्कदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । क्रिकेटको मक्का मानिने लर्ड्स क्रिकेट मैदानमा ऐतिहासिक जित हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि (बिहीबार) स्वदेश फर्कदै छन् । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले मंगलबार विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बिरुद्धको अन्तिम मैत्रीपुर्ण खेल सकिएसंगै नेपाली टोली स्वदेश फर्किन लागेको हो ।
लर्ड्स मैदानमा नेपालले मंगलबार एमसिसीलाई  ४१ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो  । नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको एमसिसीले ४७ ओभर १ बलमा अलआउट १ सय ७६ रनमा समेटिएपछि नेपालले लर्ड्समा ऐतिहासिक जित पाएको हो । 
नेपालले पहिलोपटक लर्ड्स क्रिकेट मैदानमा खेल्ने अवसर पाएको हो । र, नेपालले पहिलो खेलमा नै जित हासिल गरेको हो । लर्ड्स मैदानमा नेपाल जस्ता एसोसियट राष्ट्रहरूले खेल्ने मौका कमैले पाउने गर्छ । तर, नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा लर्ड्समा नेपालले खेल्न अवसर पाएको हो ।
नेपालले यसअघि स्थानीय चार टोलीसंग पनि मैत्रीपूर्ण खेल खेलेको थियो । ति चार खेलमै नेपालले जितेको थियो । नेपाली टोलीले आइतबार राति भएको एकदिवसीय खेलमा इस्टबर्नलाई १ सय ८१ रन तथा शनिबार राति भएको खेलमा कन्फ्रेन्स क्रिकेट क्लबलाई ४ विकेटले हराएको थियो । यस्तै बिहीबार भएको टि– ट्वान्टीमा नेपालले इन्डियन जिमखानालाई २० रनले पराजित गरेको थियो भने बुधबार भएको ४० ओभरको खेलमा फ्रि रेस्टरलाई १ सय २९ रनले पराजित गरेको थियो । 
इंग्ल्यान्ड भ्रमणलाई नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीको रुपमा समेत लिएको छ । नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ५, २०७३  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC