site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लर्ड्समा ऐतिहासिक खेल खेल्दै नेपाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । इग्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा ऐतिहासिक खेल खेल्दैछ । नेपाली टोलीले मंगलबार विश्वकै पुरोनो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँग लर्ड्समा एकदिवसीय मैत्रीपूर्ण खेल खेल्दैछ । 
 
क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा टेस्ट नखेल्ने राष्ट्रहरुले खेल्ने अवसर कमै पाउछन् । तर, नेपाल र ब्रिटेनबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा लर्ड्समा नेपालले खेल्न लागेको हो । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली टोलीले यसअघि स्थानीय चार क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । लर्ड्स मैदानमा हुने खेल नेपाली सयम अनुसार दिउँसो सवा तीन बजेपछि सुरु हुनेछ ।
 
लर्ड्समा हुने एमसीसीसँगको खेललाई नेपाली खेलाडीहरु खेल जीवनकै सबै भन्दा ठूलो उपलब्धी मान्छन् । एमसीसीसँगको खेलअघि नेपाली टोलीका कप्तान पारस खड्काले लर्ड्समा खेल्नु सबैको सपना हुने र  खेललाई लिएर नेपाली टोली उत्साहित रहेको बताएका छन् । 
 
“सबै उत्साहित छौं । हामी निकै उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छौं । हामी सबै शतप्रतिशत आफ्नो खेल खेल्नेछौं,” कप्तान पारसले भने, “यहाँ खेल्नु सपना पुरा भए बराबर हो ।  हामी यो दिनको प्रतिक्षामा थियौं । त्यस्तै लड्समा क्षमता देखाउन हामीलाई यो राम्रो मौका हो । ” कप्तान खड्काले इंग्ल्यान्ड टुर एमसीसीसँगको खेल मैत्रीपूर्ण मात्र नभई  विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारी समेत भएको बताए । 
 
“हामी मैत्रीपूर्ण खेलका लागि मात्र होइन, इंग्ल्यान्ड टुर नेदरल्याण्डसँगको खेलको तयारीका लागि पनि आएका हौं । त्यसले एमसीसीसँग हाम्रो उत्कृष्ट ११ टिम उत्रनेछ । एमसीसीले पक्कै पनि राम्रो खेल्छ । हामीले पनि राम्रो खेल्नु पर्छ,”  कप्तान पारस खड्काले थपे, “हामीले यसलाई विश्व स्तरमा नेपाली क्रिकेटलाई प्रस्तुत गर्ने अवसरका रुपमा लिएका छौं । यो मौका पाउदा हामी खुसी र गौरवान्वित छौं । लड्समा सधै खेल्ने अवसर जुट्दैन । नेपाली क्रिकेटमा आबद्ध सबैका लागि यो विशेष दिन हो । समग्र नेपाली खेलकुदकै लागि पनि यो महत्वपूर्ण दिन हो । ”
 
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपालले नेदरल्याण्डसँग आगामी साउन २९ र ३१ गते उसैको मैदानमा खेल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ ।
 
यस्तै नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले लर्ड्समा हुने खेललाई ऐतिहासिक दिनको रुपमा रहेको बताए । “यो पुरै नेपाली क्रिकेटको लागि ऐतिहासिक दिन हो । किनकि नेपालले लर्ड्समा पहिलोपटक खेल्दैछ,” यो अवसर हम्रो लागि मौका र च्यालेन्ज दुवै हो । र मेरा खेलाडीहरु खेल्न तयार छन् । सबै खेलाडी खेलका लागि उत्साहित छन् ।” त्यस्तै प्रशिक्षक टमाटाले एमसीसीसँगको खेललाई मैत्रीपूर्ण खेलका रुपमा नलिएको र यसलाई प्रतिस्पर्धात्मक खेलका रुपमा लिएको बताए ।
 
नेपाल र एमसीसीबीचको खेल लाइभ हेर्नुस ....https://www.youtube.com/watch?v=1sIdXDorVtk
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC