site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यासिर ११ वर्षपछि आईसीसी टेस्ट बलरको शीर्ष स्थानमा पुग्ने पहिलो लेग स्पिनर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
पाकिस्तानी लेग स्पिनर यासिर शाह अन्तराष्ट्रिय क्रिकेट परिसद (आईसीसी) को टेस्ट बलरको बरियताको शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीले सोमबार जारी गरेको टेस्ट बलरको बरियता क्रममा यासिर शीर्ष स्थानमा उक्लिएका हुन् ।
यासिर ११ वर्षपछि आईसीसीको बरियताको शीर्ष स्थानमा पुग्ने पहिलो लेग स्पिनर बलर हुन् । यासिर सन् २००५ मा अष्ट्रेलियन लेग स्पिनर सेन वार्नपछि शीर्ष स्थानमा पुग्ने पहिलो लेग स्पिनर हुन् । त्यस्तै यासिर मुस्ताक अहमेदपछि टेस्ट बरियताको शीर्ष स्थानमा पुग्ने पहिलो पाकिस्तानी बलर हुन् । सन् १९९६ को डिसेम्बरमा पाकिस्तानी बलर अहमेद टेस्ट बरियताको शीर्ष स्थानमा पुगेका थिए ।
यासिरले इंग्ल्यान्डका जेम्स एण्डरसनलाई पछि पार्दै आईसीसीको टेस्ट बलर बरियतामा शीर्ष स्थानमा पुगेका हुन् । यासीरले आइतबार राती सकिएको इंग्ल्यान्डबिरुद्धको पहिलो टेस्टमा १० विकेट लिएका थिए । उक्त पहिलो टेस्टमा  पाकिस्तानले इंग्ल्यान्डलाई ७५ रनले पराजित गरेको थियो ।
आईसीसीले जारी गरेको टेस्ट बलरको बरियताको दोस्रो स्थानमा भारतका रविचन्द्र आश्विन रहेका छन् । त्यस्तै यसअघि शीर्ष स्थानमा रहेका इंग्ल्यान्डका बलर जेम्स एण्डरसन तेस्रो स्थानमा छन् । आईसीसीले जारी गरेको बरियताको चौथो स्थानमा इंग्ल्यान्डकै स्टुवार्ड बोर्ड र दक्षिण अफ्रिकाका स्टेन डाले पाँचौ स्थानमा छन् ।
यस्तै टेस्ट क्रिकेटको ब्याटिङतर्फ अस्ट्रेलियन कप्तान स्टेभेन स्मिथ शीर्ष स्थानमा रहेका छन् । टेस्ट ब्याट्सम्यान वरीयताको दोस्रो स्थानमा न्युजिल्यान्डका काने विलियम्सन रहेका छन् । यस्तै दक्षिण अफ्रिकाका हसिम अमला तेस्रो स्थानमा रहदा इंग्ल्यान्डका जोए रुट चौथो र दक्षिण अफ्रिकाका एबी डी भिलियर्स पाचौ स्थानमा रहेका छन् । एजेन्सी
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC