site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मोटरसाइकल कम्पनीको ग्राहक तान्ने प्रतिस्पर्धा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । विभिन्न कम्पनीले मोटरसाइकल किस्ताबन्दीमा बिक्री गर्दा लाग्ने ब्याजदर फरक–फरक देखिएको छ । विभिन्न मोटरसाइकलकोे खरिदमा तिर्नुपर्ने अनिवार्य रकमसमेत फरक–फरक छ । 
एकै कम्पनीले पनि मोटरसाइकलको सीसीअनुसार तिर्नुपर्ने अनिवार्य रकम र यसको ब्याजदरसमेत फरक–फरक तोकेको पाइन्छ । केटिएम बाइकको नेपालका लागि आधिकारिक विक्रेता हुलास इन्भेस्टमेन्ट प्रालिले ल्याएका केटिएम २०० आरसी, केटिएम ३९० आरसी, केटिएम २०० र केटिएम ३९० बाइकमा कुल मूल्यको ३० प्रतिशत रकम खरिदको क्रममा अनिवार्य तिर्नुुपर्ने हुन्छ । साथै यसको किस्ताबन्दीमा १६ प्रतिशत ब्याजदर तोकिएको छ । 
केटिएम २०० आरसीको मूल्य ५ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ, जसमा २ लाख ७ हजार ९ सय ६० रुपैयाँ अनिवार्य भुक्तान गर्नुपर्छ । त्यस्तै, एक वर्षको बिमाको प्रिमियम ११ हजार ९ सय ३६ रुपैयाँ पर्न आउँछ ।  किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्दा सुरुमा कुल तिर्नुपर्ने रकम २ लाख १९ हजार ८ सय ९६ रुपैयाँ छ । बाँकी ३ लाख ११ हजार ९ सय ४० रुपैयाँ भने किस्ताबन्दीमा तिर्नुपर्छ । 
५० प्रतिशत अनिवार्य रकम तिर्नुपर्ने केटिएम २०० आरसी किस्ताबन्दीमा खरिद गर्दा १४ प्रतिशत ब्याजदर कायम गरिएको छ । एक वर्षको बिमा प्रिमियमसहित सुरुमा २ लाख ७१ हजार ८ सय ८६ रुपैयाँ तिर्नुपर्छ । बाँकी २ लाख ५९ हजार ९ सय ५० रुपैयाँ भने किस्ताबन्दीमा तिर्नुपर्छ ।  
त्यस्तै, यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिका अनुसार एफजेड एसएफआई, एफजेडएफआई, रे जेड फो, फ्यासिनो, एसजेडआरआर कोर, स्यालुटो र अल्फा मोटरसाइकल किस्ताबन्दीमा खरिद गर्दा ४० प्रतिशत रकम अनिवार्य तिर्नुपर्छ । 
साथै किस्ताबन्दीमा खरिद गर्दा ब्याजदर भने १५ प्रतिशत कायम गरिएको  छ । यसको अवधि २ वर्षको हुने कम्पनीले जनाएको छ । तर, यामाहाको आर वानफाइभ मोटरसाइकल खरिद गर्दा भने अनिवार्य ५० प्रतिशत रकम भुक्तान गर्नुपर्छ भने यसको ब्याजदर पनि १५ प्रतिशत कायम गरिएको छ । 
बजाजका उत्पादनहरू पल्सर, डिस्कभर र प्लाटिना किस्ताबन्दीमा खरिद गर्दा मोटरसाइकलको कुल मूल्यको ३० प्रतिशत क्यास पेमेन्ट गरे १६ प्रतिशत ब्याजदरमा मोटरसाइकल लिन सकिन्छ । बजाजको आधिकारिक विक्रेता हसंराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ५० प्रतिशत रकम तिरे १४ प्रतिशत ब्याजदरमा किस्ता उपलब्ध गराउने जनाएको छ । कम्पनीले तीन वर्षको अवधिसम्म किस्तामा मोटरसाइकल दिने बताएको छ । 
सुजुकीका मोटरसाइकल खरिद गर्दा भने २० प्रतिशतमात्रै रकम अनिवार्य रूपमा भुक्तान गर्नुपर्छ, जसमा १५ प्रतिशत ब्याजदर कायम गरिएको छ । टिभिएसको आधिकारिक विक्रेता जगदम्बा अटो प्रालिका अनुसार यो कम्पनीका मोटरसाइकलको खरिदमा ४० प्रतिशत रकम अनिवार्य रकम तिर्नुपर्छ, जसमा १५ प्रतिशत ब्याजदर कायम गरिएको छ भने अवधि २ वर्ष तोकिएको छ । 
टिभिएसका मोटरसाइकल र स्कुटरको खरिदमा १५ प्रतिशत ब्याजदर कायम गरिएको टिभिएसको टेकु सोरुमले जानकारी दिएको छ । 
हिरो कम्पनीको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङका अनुसार १ सय २५ सीसीसम्मका मोटरसाइकलको खरिदमा ४० प्रतिशत रकम अनिवार्य भुक्तान गर्नुपर्छ ।
१ सय २५ सीसीभन्दा माथिका मोटरसाइकल खरिद गर्नेले भने ४० प्रतिशत रकम अनिवार्य भुक्तान गर्नुपर्छ । ४० प्रतिशत रकम तिरेपछि ९ प्रतिशत ब्याजदरमा हिरोका बाइक लिन सकिने कम्पनीले बताएको छ । त्यसैगरी, ६० प्रतिशत क्यास पेमेन्ट गरेको अवस्थामा ८ प्रतिशत ब्याजदरमा मोटरसाइकल उपलब्ध गराइन्छ । कम्पनीले २ वर्षको अवधिलाई मात्रै फाइनान्सको व्यवस्था गरेको हो । 
के–के कागजात चाहिन्छ ?
नागरिकताको फोटोकपी र ओरिजिनल 
दुईवटा फोटो 
दुईपांग्रेको सवारीचालक लाइसेन्स
आयस्रोतको कागजात 
रेसिडेन्स प्रुफ डकुमेन्ट
उपत्यकाबाहिर बस्ने भए थप यी कागजात चाहिन्छ ।
जमानीकर्ता
जमानीकर्ताको नागरिकता
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३, २०७३  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC