विदेश
काठमाडौं । टर्कीको असफल सैनिक विद्रोहमा सय जनाभन्दा बढी विद्रोही सैनिक मारिएको सेनाका कार्यवाहक प्रमुख जनरल उमितले दाबी गरेका छन् । समाचार एजेन्सीहरूले जनाएअनुसार भिडन्तमा गैरसैनिक नागरिक ४७ जनासमेत अरू ९० जना मारिएका र १ हजार १ सय ५४ घाइते भएका जानकारी पनि जर्नेल उमितले जानकारी दिएका छन् ।
शुक्रबार राति भएको विद्रोहको प्रयास शनिबार बिहानसम्म नियन्त्रण गरिसकिएको थियो ।
विद्रोह दबाउन सफल भएपछि टर्कीका राष्ट्रपति रेजेप ताइप एर्दोआनले समर्थकहरूको ठूलो समूहलाई सम्बोधन गर्दै विद्रोहलाई राष्ट्रद्रोहको घटना भनेको दी वासिङ्टन पोस्टले जनाएको छ ।
इस्तान्बुलमा जनजीवन सामान्य हुँदै गएको भए पनि जनताहरू आत्तिएको घरभित्रै बसेको जानकारी इस्तानबुल निवासी क्रिस स्टिभेन्सनले दिएका छन् । बाह्रखरीसँग कुरा गर्दै प्राध्यापक स्टिभेन्सनले अधिनायकवादी शासन अझ कडा हुने सन्देह गरिएको बताए ।
प्रकाशित मिति: शनिबार, साउन १, २०७३ १६:२८
प्रतिक्रिया दिनुहोस्