विदेश
काठमाडौं। टर्कीका राष्ट्रपति रेजेप ताहिप एर्दोआनले सैनिक विद्रोह नियन्त्रण भइसकेको दाबी गरेका छन्।सीएनएनका अनुसार इस्तान्बुल विमानस्थल र टेलिभिजन च्यानलहरू पुन: संचालन भएको छ।
टर्कीमा शुक्रवार भएको सैनिक विद्रोहपछि शनिबार बिहान उज्यालो हुँदासम्म इस्तान्बुल र अंकारा सहर कुन पक्षको नियन्त्रणमा छ भन्ने स्पष्ट नभएको सीएनएनले जनाएको छ ।
अंकारामा एक जना जर्नेल र केही प्रहरी अधिकारीलगायत ४२ जनाको मृत्यु भएको सीएनएन तुर्कले जनाएको छ। संसद् भवनमा बम प्रहार भएको प्रत्यक्ष दर्शीले बताएका छन्।
प्रकाशित मिति: शनिबार, साउन १, २०७३ १०:४४
प्रतिक्रिया दिनुहोस्