site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
मस्को । पूर्वी सिरियाली सहर पलमाइरामा इस्लामिक स्टेट (आईएस)  जिहादीविरुद्ध रसियाले ५० भन्दा बढी हवाई आक्रमण गरेको समाचार छ । 
 
गत मङ्गलबारबाट सो हवाई आक्रमण सुरु भएको रसियाली गृह मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 
 
सिरियाको पलमाइरा सहरनजिकै रहेको अन्तर्राष्ट्रिय आतङ्ककारी सङ्गठनका सशस्त्र एकाईलाई लक्ष्यगरी रसियाली हवाईबलले सो आक्रमणलाई बढाएको बताइएको छ । 
 
रसियाली समाचार एजेन्सीबाट प्रकाशित विज्ञप्तिमा गत जुलाई १२ बाट सुरु भएको यस रसियाली हवाईबलले इस्लामिक स्टेटका लडाकू र उनीहरूको उपकरणलाई लक्ष्य गर्दै ५० भन्दा बढी हवाई आक्रमण गरेको जनाइएको छ । 
 
हवाई आक्रमणमा १२ सर्वसाधारण मारिए 
 
त्यसैबीच सिरियाको अलेप्पो सहरको छिमेकमा पर्ने सिरियाली विद्रोहीको बलियो प्रभाव रहेको दुई वटा इलाकामा भएको हवाई आक्रमणहरूमा कम्तीमा १२ जना सर्वसधारणको मृत्यु भएको एक मानव अधिकार समूहले जानकारी दिएको छ । 
 
हवाई आक्रमणमा मारिएका ती सर्वसाधारणमा बालबालिकाहरू समेत रहेका जनाइएको छ । तरिक अल बाब छिमेकमा पर्ने इलाकामा भएको हवाई आक्रमणमा नौ व्यक्तिको मृत्यु भएको र पर्वी सहरको सलहिन जिल्लामा भएको हवाई आक्रमणमा तीन व्यक्तिको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको छ । 
यो हवाई आक्रमण सिरियाली सरकारसँग हो या रसियासँग आवद्ध हो सो भने प्रष्ट भएको छैन । रासस/एएफपी 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७३  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC