site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चौधरी फाउन्डेसनद्वारा वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड स्थापना गरी हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरीकको उपचारमा योगदान पु‍र्‍याउन फाउन्डेसनले वीर अस्पतालमा आईसीयू वार्ड निर्माण गरेको हो ।

चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित कार्यक्रमवीच अस्पतालका प्रमुख कार्यकारी डा.जागेश्वर गौतमलाई आईसीयू वार्ड हस्तान्तरण गरे । वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौ शय्या र दोस्रो तलामा नौ शय्याको गरी कुल १८ शय्याको आईसीयू  वार्ड निर्माण भएको छ । विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आईसीयू वार्ड निर्माण गरिएको फाउन्डेसनले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरीकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आईसीयू वार्ड स्थापना गरी सम्पूर्ण नेपालीको सेवामा समर्पित गरीएको बताए । "कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवन रक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपुर्ण दायित्व हो । यसका लागि सम्पूर्ण नेपाली नागरीकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध गर्‍यौँ । र, आईसीयू वार्ड स्थापना गर्न वीर अस्पताललाई छान्नुको उदेश्य पनि यही नै हो," उनले भने, "कोरोना महामारीसँग हामी जुधिरहेको बेला प्रत्येक नेपाली नागरिकको जीवन उत्तिकै महत्वपूर्ण छ भन्ने कुरालाई हामीले बिर्सिनु हुँदैन । त्यसका लागि वीर अस्पताल जस्ता सार्वजनिक अस्पतालहरूको सेवा र पहुँच विस्तार गरिनु आवश्यक हुन्छ ।"

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्रा.डा. देव नारायण शाहले कोभिड महामारीको संवेदनशिल समयमा वीर अस्पतालमा १८ शय्याको आईसीयू वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउन्डेसनले समाजसेवामा उत्कृष्ट भुमिका निर्वाह गरेको बताए । कोरोनाका कारण क्रिटिकल अवस्थामा पुगेका सर्वसाधारण नेपालीको जीवन रक्षामा यो आईसीयू वार्ड वरदान सावित हुने विश्वास पनि व्यक्त गरे ।

Global Ime bank

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्रा.डा. जागेश्वर गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउन्डेसनले पुर्‍याएको योगदानका लागि धन्यवाद दिँदै यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए ।  

चौधरी फाउन्डेसनले गत वर्ष कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पीसीआर रिएजेन्टदेखि पीपीई र स्वास्थ्य सामाग्री देशभरका अस्पतालहरूमा उपलब्ध गराएको थियो ।

चौधरी फाउन्डेसनले आईसीयू वार्ड स्थापना गर्न केन्द्रीय कोभिड अस्पतालसँग सहमति पत्रमा हस्ताक्षर गरेको करिब तीन सातामा आईसीयू वार्ड निर्माण गरी हस्तान्तरण गरेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC