site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अभिभावक गुमाएकालाई तीन हजार भत्तादेखि छोरी–बुहारी छात्रवृत्ति, छोटा सुरुङमार्ग, मेट्रो रेलसम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेश सरकारले कोभिड–१९ का कारण अभिभावक गुमाएकालाई भत्ता दिनेदेखि किसान परिचयपत्र वितरणसहित छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ ।

बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभामा प्रस्तुत गरेको प्रदेशको नीति तथा कार्यक्रममा यी कार्यक्रम समेटिएको हो । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कोभिड खोप कोष स्थापना गर्ने घोषणा गरेको छ ।

यस्तै, ३६९ वटा स्थानीय तहमा ‘एक विद्यालय एक नर्स’ अभियान सञ्चालन गर्ने पनि घोषणा गरिएको छ । प्रदेश सरकारले कोभिड–१९ का बाबु–आमा गुमाएकालाई मासिक तीन हजार रुपैयाँका दरले शैक्षिक भत्ता उपलब्ध गराउने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, मेट्रो रेलको सम्भाव्यत्ता अध्ययन, खनिज इन्धनबाट चल्ने सवारी–साधन हटाउँदै विद्युतीय गाडी सञ्चालन गर्ने नीति पनि प्रदेश सरकारले लिने जनाएको छ । प्रदेशका सरकारी कार्यालयलाई विद्युतीय सवारी–साधन खरिदमा प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यसैगरी, कोभिड प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न पुनरुत्थान र पुनःभरण कोष ल्याइने र सहुलियतपूर्ण ऋण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यसैगरी, उद्योग तथा पर्यटन क्षेत्रमा पारेको असरलाई समाधान गर्न उद्यमशीलता प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताइएको छ ।

Global Ime bank

प्रदेशले आगामी आर्थिक वर्षदेखि सार्वजनिक सेवा विद्युतीय माध्यमबाट गर्ने नीति लिने जनाएको छ । ‘वाग्मती प्रदेश डिजिटल प्रदेश’ भन्ने सोचसहित प्रदेश यातायात, सवारीचालक अनुमतिपत्र, उद्योग वाणिज्य, व्यवसाय दर्तालगायत सेवालाई विद्युतीय माध्यमबाट प्रवाह गर्ने नीति लिइनेछ । यस्तै, प्रदेशमा रहेका आयोजनाहरुको नतिजामा आधारित अनुगमन गर्ने नीति लिने, कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न प्रदेशका कर्मचारीहरुलाई प्रदेशभित्रका ठाउँमा घुम्न जान विशेष कार्यक्रम ल्याउने पनि भनिएको छ ।

राजस्वको नयाँ क्षेत्र पहिचान गर्ने, स्थानीय प्रविधि विकासलाई प्रोत्साहन, आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । प्रदेश सरकारले अगाडि सारेको नारा र योजना यस्ता छन् ।

- वागमती प्रदेश हरित प्रदेश

- एक स्थानीय तह एक नर्सरी कार्यक्रम

- वातावरण संरक्षण महाअभियान

- खाद्य तथा पोषण सुनिश्चितताका लागि प्रमुख कृषि उपजलाई प्राथमिकता

- बाँझो जग्गामा खेती प्रोत्साहन कार्यक्रमलाई निरन्तरता

- संघीय सरकारसँगको समन्वयमा किसान परिचयपत्र वितरण

- प्रदेशभित्र उत्पादित फलफूल तथा तरकारीको भण्डारणका लागि सार्वजनिक निजी साझेदारीमा ९ वटा सीप भण्डार सञ्चालनमा ल्याइने

- कृषि उत्पादनलाई पर्यटनसँग जोड्न कृषि पर्यटन कार्यक्रमलाई निरन्तरता

- पशुपक्षीका लागि खोपको सुनिश्चिता

- प्रदेशभित्रका स्वास्थ्य संस्थाका लागि न्यूनतम ख वर्गको एम्बुलेन्स सेवा उपलब्ध गराइने

- जिल्ला आयुर्वेदिक केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिने 

- छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता

- गरिबको रेखामुनि रहेको परिचयपत्र प्राप्त परिवारका विद्यार्थीलाई सामुदायिक विद्यालयहरुमा माध्यमिक शिक्षासम्म कुनै पनि शीर्षक शुल्क नलाग्ने व्यवस्था ।

- प्रदेशका द्वन्द्वपीडित, जनआन्दोलनका घाइतेलाई प्रादेशक अस्पतालहरुमा निःशुल्क उपचारको व्यवस्था ।

- प्रदेशको पानी प्रदेशकै नागरिकको लगानी

- सिँचाइ गरौँ उत्पादन बढाऔँ

- किसानका गरा सधैँ हराभरा

- वाग्मती प्रदेश उज्यालो कार्यक्रमलगायत छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC