काठमाडौं । बेलायतका १३० भन्दा धेरै मुस्लिम मौलवी (धर्मगुरु) हरूले लन्डन ब्रिज घटनामा संलग्न आतंककारीहरूको अन्त्येष्टि समारोहमा इस्लाम धार्मिक विधिविधान पूरा गर्न र नमाज पढ्न अस्वीकार गरेका छन् ।
उनीहरूले भनेका छन्, ‘‘लन्डन ब्रिज आक्रमणमा उनीहरूले जे गरे, त्यो इस्लाम धर्मको सर्वोच्च शिक्षाविरुद्ध छ । हामी यस्तो घटनाको निन्दा गर्छौं । हताहत भएका व्यक्ति र उनका परिजनप्रति समवेदना व्यक्त गर्छौं । हामी यस्तो काममा संलग्न व्यक्तिहरूको अन्तिम धार्मिक कृत्यमा सामेल हुन सक्दैनौं र अरूलाई पनि सामेल नहुन अनुरोध गर्छौं ।’’
उनीहरूले आफ्नो प्रतिक्रियामा लन्डन ब्रिज घटनामा देखाइएको क्रूर हिंसात्मक गतिविधिलाई इस्लामको शिक्षासँग कदापि मेल नखाने बताउँदै यस्ता घटना घटाउनेप्रति घृणा प्रकट गरेका छन् ।