site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फुटबल म्याचमा भागदौड मच्चिँदा इटालीमा १५ सय घाइते 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । इटालीको ट्युरिन सहरमा एउटा फुटबल म्याच हेर्न गएका सर्वसाधारण जनताबीच भागदौड मच्चिँदा १५०० व्यक्ति घाइते बनेका छन् । उनीहरू पटाकाको आवाज सुनेपछि डराएर भागेका थिए । 
घटना घट्ने बेला युवेन्टोस र रियल मैड्रिड फुटबल क्लबका टिमहरू कार्डिफ स्टेडियममा च्याम्पियन लिगको फाइनल म्याच खेलिरहेका थिए । उक्त म्याच हेर्न स्टेडियममा हजारौं सर्वसाधारणको उपस्थिति थियो । खेलमा युवेन्टोसले भन्दा रियल मैड्रिडले राम्रो प्रदर्शन गरिरहेको थियो । यसै क्रममा म्याच सकिन दस मिनेटमात्र बाँकी रहँदा बाहिर पटाका पड्केको आवाज सुनियो । योसँगै फुटबल ग्राउन्डनजिकै बम विस्फोट भएको हल्ला फैलियो र मानिसहरू आत्तिएर भाग्न थाले । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटनामा सात जना व्यक्तिहरू गम्भीर घाइते भएका छन्, जसमा एक जना सात वर्षीय बालक पनि रहेको छ । 
बीबीसीले जनाएअनुसार यति ठूलो भीड जम्मा हुँदा आकस्मिक घटना र सुरक्षाका बारेमा आवश्यक व्यवस्था नगरेको भन्दै स्थानीय जनताले रोषपूर्ण प्रतिक्रिया व्यक्त गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४  ०३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC