site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संयुक्त राष्ट्रसङ्घ । मध्य लन्डनमा भएको दुईवटा आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनीयो गुटेर्रेस्ले आइतबार कडा शब्दमा निन्दा गरेका छन् ।  

उनले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई समवेदना व्यक्त गर्नुको साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको महासचिवका प्रवक्ता स्टेफान डुजार्रिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

आतङ्कवाद, हिंसा र अतिवादविरुद्ध लड्नको आफू सधैँ बेलायती सरकार र जनताको साथमा रहेको पनि जारी विज्ञप्तिमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बेलायती सञ्चार माध्यमहरुले आइतबार यस आक्रमणको इस्लामिक स्टेट्स (आर्इएस) आतङ्ककारी समूहले जिम्मा लिएको समाचार सम्प्रेषण गरेको थियो । 

बेलायती प्रहरीले यस आक्रमणमा संलग्नता रहेको आशङ्कामा १२ व्यक्तिलाई पक्राउ गरेका छन् । 

Global Ime bank

लन्डनमा गत जुन ३ मा भएको यस आतङ्ककारी आक्रमणमा परी सातको मृत्यु हुनुको साथै अन्य ४८ घाइते भएका छन् । घाइते भएका ती ४८ मध्ये २१ को अवस्था गम्भीर रहेको बताइएको छ । 

लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले जथाभावी रुपमा छुरा प्रहार गरेको यस दुईवटा आतङ्ककारी घटना भएको थियो । 

यस घटनामा संलग्न भएका तीनजना संदिग्ध हमलाकारी प्रहरीले हानेको गोलीबाट मारिएका थिए । प्रहरीको गोलीबाट मारिने ती हमलाकारीको पहिचान प्रहरीलाई थाहा भएको जानकारी लन्डन प्रहरीले दिएको छ । 

गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको साथै दर्जनौँ व्यक्ति घाइते भएका घटनाको दुई हप्ता बित्न नपाउँदै पुनः यो आक्रमण भएको छ । रासस÷एएफपी 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC